२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारसँग चर्को अशुली: मलेसियाका पूर्व उपप्रधानमन्त्री हमिदि पक्राउ

२०७६, १० असार मंगलवार १५:०२

असार १०, काठमाडौँ | मलेशियास्थित भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन)ले मलेशियाका पूर्वउपप्रधान एवं आन्तरिक मामिलामन्त्री अहमद जाहिद हमिदिलाई पक्राउ गरेर बुधबार मुद्दा चलाउने तयारी गरेको छ । 

हमिदीलाई क्वालालम्पुरस्थित सेसन्स कोर्टमा बुधबार र शाह आलम सेसन्स कोर्टमा बिहीबार मुद्दा दर्ता गराउने तयारी  छ । हमिदीलाई भीएलएन नामको विदेशी कामदारका लागि दिइने भिसा प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाएको छ । नेपालबाट मलेसिया जाने कामदारसँग अनाधिकृत शुल्क लिएको भन्दै यसअघि हमिदीसहित मलेसियाका सरकारी अधिकारीहरुलाई आरोप लगाइएको थियो । यसै सम्बन्धमा आयोगले उनीमाथि भीएलएन नामको विदेशी कामदारका लागि दिइने भिसा प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाएको छ । 


नेपालमा २०७० सालदेखि मलेशिया जाने कामदारबाट अतिरिक्त रकम अशुल्ने काम भइरहेको थियो । गत २०७५ बैशाखदेखि श्रममन्त्री विष्टले यसलाई रोकेसँगै मलेसिया जाने प्रक्रियानै प्रभावित भएको थियो । २०७० सालदेखि मलेशिया भीएलएन नेपाल प्रालि नामक कम्पनीमार्फत भीएलएन प्रणालीका नाममा मलेशिया जाने कामदारसँग भिसा प्रोसेसिङ भनेर छुट्टै शुल्क उठाउन थालिएको थियो । 

भिएलएनले नेपाली कामदारबाट मात्र एक अर्ब ९५ करोड उठाएको थियो । हमिदिले तीनवटा फरक–फरक कम्पनीबाट २ करोड १२ लाख ५० हजार मलेशियन रिंगिट घूस लिएकोमा ति मध्ये एक कम्पनी नेपालसँग जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !