२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकार र प्रतिपक्षीसँग प्रदेश सदस्य नै असन्तुष्ट

१२ असार २०७६, बिहीबार १२:१८

असार १२, सुर्खेत | कर्णाली प्रदेशको चालू आर्थिक वर्षको विकासमा प्रदेश सरकार र प्रतिपक्षी दुवैको प्रभावहिनता देखिएको संसद्ले औँल्याएका छन् । सरकारको नीति, कार्यक्रम तथा बजेटमा सन्तुलित विकास भने पनि व्यवहारमा त्यो नदेखिएको र प्रतिपक्षीले पनि त्यसैमा सम्झौता गरेको कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले आरोप लगाउनुभयो । “गत वर्ष बजेट असन्तुलित थियो, आव २०७६-७७ को त शीर्षकमै असन्तुलित देखियो”,रासससँग कुरा गर्दै सदस्य विष्टले भन्नुभयो, “यो पनि मन्त्री र प्रतिपक्षी दलको नेता केन्द्रित छ ।”

उहाँले प्रदेशसभाको ११औँ बैठकमा प्रतिपक्षी दलको नेता जीवनबहादुर शाहीलाई सरकारसँग व्यक्तिगत लेनदेनका लागि बार्गेनिङ गरेर प्रदेशको मुद्दा सम्झौतामा टुङ्ग्याएको दोषारोपण गर्नुभयो । 

उहाँले सरकारको मुख्यमन्त्री र प्रतिपक्षी दलले यहाँको विकासमा जिम्मेवार हुनुपर्ने पर्ने जोड दिनुभएको थियो । अन्यथा सरकार र प्रतिपक्षीसमेत कठघरामा उभिनुपर्ने र आफू पनि आवश्यकतामा उभिने उहाँको चेतावनी थियो । नेपालकै नयाँ पत्ता लागेको गुर्भाकोट नगरपालिकाको मालारानी गुफा र राजकाँडा दरबारजस्तो पर्यटकीय दरबारलाई पर्यटन प्रवद्र्धन गर्न सरकारले चासो नदिएको उहाँको आक्रोश थियो ।

विभागीय मन्त्रीलाई इङ्गित गर्दै उहाँले भन्नुभयो, “तपाईको घरअघिको ढुङ्गा पनि पर्यटन हुने अनि हाम्रो प्रख्यतस्थल पनि मरुभूमि र जलाशय हो ।”मुख्यमन्त्री तथा अर्थमन्त्रीले रु १० अर्ब डल्लो अठ्याएर राख्दा यहाँको विकास नहुने भन्दै सदस्य विष्टले सरकारको अनुभव र प्रभावहिनताका कारण प्रदेशको अपेक्षित विकास नभएको उहाँले ठोकुवा गर्नुभयो ।

सुर्खेत राजधानीका लागि रु एक अर्ब बजेट छुट्याउनुपर्ने, बाटोघाटो, पानीको सङ्कटग्रस्त क्षेत्र घोषणा भएको राजधानीलाई व्यवस्थित बनाउनुपर्ने र रु १० करोड जनता सडक गरिनुपर्ने तथा निर्वाचन क्षेत्रको कोषको व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो । 

प्रदेशसभा सदस्य विन्दमान विष्टले सरकारले पूर्वाधार विकासमा प्राथमिकता दिन सुझाउनुभयो । सदस्य विष्टले पूँजीगत शीर्षकको बजेट बढाउनुपर्नेमा जोड दिनुभएको थियो । यता संसद् गोपाल शर्माले कर्णालीलाई आत्मनिर्भर बनाउने कार्यक्रम सरकारले ल्याउनुपर्ने तर्क गर्नुभएको थियो । राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य सोशीला शाहीले सरकारले विकासका सवालमा दिएका सुझावको अवमूल्यन गरेको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो