2026-08-30 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकार र प्रतिपक्षीसँग प्रदेश सदस्य नै असन्तुष्ट

असार १२, सुर्खेत | कर्णाली प्रदेशको चालू आर्थिक वर्षको विकासमा प्रदेश सरकार र प्रतिपक्षी दुवैको प्रभावहिनता देखिएको संसद्ले औँल्याएका छन् । सरकारको नीति, कार्यक्रम तथा बजेटमा सन्तुलित विकास भने पनि व्यवहारमा त्यो नदेखिएको र प्रतिपक्षीले पनि त्यसैमा सम्झौता गरेको कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले आरोप लगाउनुभयो । “गत वर्ष बजेट असन्तुलित थियो, आव २०७६-७७ को त शीर्षकमै असन्तुलित देखियो”,रासससँग कुरा गर्दै सदस्य विष्टले भन्नुभयो, “यो पनि मन्त्री र प्रतिपक्षी दलको नेता केन्द्रित छ ।”

उहाँले प्रदेशसभाको ११औँ बैठकमा प्रतिपक्षी दलको नेता जीवनबहादुर शाहीलाई सरकारसँग व्यक्तिगत लेनदेनका लागि बार्गेनिङ गरेर प्रदेशको मुद्दा सम्झौतामा टुङ्ग्याएको दोषारोपण गर्नुभयो । 

उहाँले सरकारको मुख्यमन्त्री र प्रतिपक्षी दलले यहाँको विकासमा जिम्मेवार हुनुपर्ने पर्ने जोड दिनुभएको थियो । अन्यथा सरकार र प्रतिपक्षीसमेत कठघरामा उभिनुपर्ने र आफू पनि आवश्यकतामा उभिने उहाँको चेतावनी थियो । नेपालकै नयाँ पत्ता लागेको गुर्भाकोट नगरपालिकाको मालारानी गुफा र राजकाँडा दरबारजस्तो पर्यटकीय दरबारलाई पर्यटन प्रवद्र्धन गर्न सरकारले चासो नदिएको उहाँको आक्रोश थियो ।

विभागीय मन्त्रीलाई इङ्गित गर्दै उहाँले भन्नुभयो, “तपाईको घरअघिको ढुङ्गा पनि पर्यटन हुने अनि हाम्रो प्रख्यतस्थल पनि मरुभूमि र जलाशय हो ।”मुख्यमन्त्री तथा अर्थमन्त्रीले रु १० अर्ब डल्लो अठ्याएर राख्दा यहाँको विकास नहुने भन्दै सदस्य विष्टले सरकारको अनुभव र प्रभावहिनताका कारण प्रदेशको अपेक्षित विकास नभएको उहाँले ठोकुवा गर्नुभयो ।

सुर्खेत राजधानीका लागि रु एक अर्ब बजेट छुट्याउनुपर्ने, बाटोघाटो, पानीको सङ्कटग्रस्त क्षेत्र घोषणा भएको राजधानीलाई व्यवस्थित बनाउनुपर्ने र रु १० करोड जनता सडक गरिनुपर्ने तथा निर्वाचन क्षेत्रको कोषको व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो । 

प्रदेशसभा सदस्य विन्दमान विष्टले सरकारले पूर्वाधार विकासमा प्राथमिकता दिन सुझाउनुभयो । सदस्य विष्टले पूँजीगत शीर्षकको बजेट बढाउनुपर्नेमा जोड दिनुभएको थियो । यता संसद् गोपाल शर्माले कर्णालीलाई आत्मनिर्भर बनाउने कार्यक्रम सरकारले ल्याउनुपर्ने तर्क गर्नुभएको थियो । राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य सोशीला शाहीले सरकारले विकासका सवालमा दिएका सुझावको अवमूल्यन गरेको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने