७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन्

१३ असार २०७६, शुक्रबार ०६:२७

असार १३, खोटाङ | जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि ल्याउन नसकेको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नीति तथा कार्यक्रम एवम् बजेट ल्याएका छैनन् । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकाले तोकिएकै मितिमा नगर तथा गाउँसभा सम्पन्न गरेको छ । 

नीति तथा कार्यक्रम एवम् बजेटको सम्पूर्ण तयारी पूरा भए पनि विद्युत् प्राधिकरणमा काम परेर काठमाडौँ जानुपर्ने भएकाले असार १७ गते गाउँसभा गर्ने तयारी गरिएको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताउनुभयो । 

समायोजनले कर्मचारी अभाव हुँदा र तयारी नपुग्दा असार १६ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो । खोटेहाङको तीन वडा सचिवविहीन छन् । वडामा पठाइएको ‘सिलिङ’अनुसार योजना बनाएर ल्याउन ढिला भएकाले रावाबेँसी गाउँपालिकाको गाउँसभा पनि असार १६ गतेका लागि सारिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । 

बराहपोखरी गाउँपालिकाको असार १५ गते गाउँसभा गर्ने तयारी गरिएको उपप्रमुख गोमा मगरले बताउनुभयो । गाउँसभाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जन्तेढुङ्गा गाउँपालिकाको भने अहिलेसम्म टुङ्गो लागेको छैन । असार २० गतेसम्म नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै