२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायिक समितिले गर्ने फैसला स्वस्थ हुनुपर्छ: मन्त्री थापा

२०७६, १६ असार सोमबार ०८:३३

असार १६,  मोरङ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको स्थानीय तहमा न्यायिक समितिले गरेको फैसला स्वस्थ हुनुपर्छ भन्नुभएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित मोरङ र सुनसरी जिल्लाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीलाई न्याय सम्पादनको प्रयोगात्मक अभ्याससम्बन्धी कार्यशालामा उहाँले स्थानीय तहमा न्याय सम्पादनमा भूमिका निर्वाह गरिरहेको न्यायिक समितिलाई अझ सशक्त बनाई जिम्मेवार बनाउन कार्यशालाले मद्दत पु¥याउने बताउनुभयो । 

स्थानीय तहमा देखिने विवाद र समस्यालाई समाधान गरेर अदालतमा जाने मुद्दाको चाप घट्ने विश्वास व्यक्त गर्दै उहाँले समाजमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्ग मानिसमा हुने विभेद्लाई हटाउन न्यायिक समितिले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने र न्यायिक समितिले गर्ने फैसला सन्तुलित हुनुपर्ने बताउनुभयो ।

सामाजिक परिवर्तनमा न्यायिक समितिले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिँदै मन्त्री थापाले समितिले महिलालाई सशक्तिकरण गरेर आयआर्जनको बाटोमा लैजानुपर्ने धारणा राख्नुभयो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले गर्ने फैसलामा एकरूपता ल्याउन कार्यशाला गोष्ठीले मद्दत गर्ने बताउनुभयो ।

उहाँले राजनीतिक चरित्र बोकेका मानिसबाट सञ्चालन हुने न्यायिक समितिले गर्ने फैसला अप्रमाणिक हुन नदिन सचेत हुनुपर्छ भन्नुभयो । आयोजक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले व्यक्तिको जीवनमा निकै प्रभाव पार्ने न्याय प्रणाली चुस्त एवं दुरुस्त हुनुपर्छ भन्नुभयो । 

प्रदेश नंं का प्रमुख सचिव सुरेशकुमार अधिकारीले न्यायिक समितिले स्थानीय तहमा गर्ने फैसला, सुनवाइ तथा मेलमिलाप सङ्घीयताको सुन्दर पक्ष रहेको बताउनुभयो । मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले न्यायिक समितिलाई बलियो बनाउन, समस्या पहिचान गरी आगामी दिनमा सुधार गर्न र समितिमा आवद्ध पदाधिकारीलाई प्रयोगात्मक अभ्यास गराएर समितिलाई सशक्त बनाउन कार्यक्रमको उद्देश्य रहेको जानकारी दिनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले न्यायिक समितिले गर्ने कामबाट समाजमा धेरै समस्या समाधान भएको र यसले लिएको मेलमिलापको नीतिले पनि सम्बन्ध विच्छेदका धेरै घटना समाप्त भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !