१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले जानीबुझी असारमै श्रम सम्मेलन गरेको हो : श्रममन्त्री विष्ट

१६ असार २०७६, सोमबार १७:१६

असार १६ काठमाडौँ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ बाट प्राप्त सुझावलाई सरकारले गम्भीरताका साथ लिने बताएका छन् । २ दिनसम्म चलेको सम्मेलनको समापन गर्दै श्रममन्त्री विष्टले अझ थप सानो विज्ञ टिमका साथ छलफल गरि त्यसको सारलाई जीवनको सम्वृद्धि र गुणस्तर सुधारमा खर्च गरिने बताए ।


सम्मेलनका क्रममा प्राप्त सुझावलाई अझ परिपक्व बनाउने गरी काम गर्नेछौं श्रममन्त्री विष्टले भने  'यो सम्मेलन बौद्धिक विलासका लागि गरेका होइनौँ, प्राप्त सुझावलाई मनन् गर्नेछौँ, सानो समूहमा सरोकारवाला र विज्ञसहित थप छलफल चलाएर थप प्रक्रियामा अगाडी बढ्नेछौं ।'   रोजगारी सरकारको प्राथमिकतामा परेको जानकारी दिँदै उनले दीगो र भरपर्दो रोजगारी उपलब्ध गराउन ध्यान केन्द्रित गर्ने बताए । 

अल्पकालीन रोजगारी प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै मन्त्री विष्टले बेरोजगार युवालाई सामाजिक न्याय प्रदान गर्न रोजगार कार्यक्रम महत्वपूर्ण भएको उल्लेख गरे । सरकार एक्लैले बेरोजगारी समस्या समाधान हल गर्न नसक्ने उल्लेख गर्दै सहकारी, निजी क्षेत्र, ट्रेड युनियनसँग मिलेर विश्वव्यापी सम्भवानालाई नेपालको सन्दर्भमा उपायोग गर्ने विषयमा छलफल गरिने उनले बताए । उनले  विश्वव्यापी रुपमा आउने प्रभावको प्रक्षेपण गर्दै त्यसको सामाना गर्न आवश्यक पर्ने कार्यक्रम तयार गरिने बताए ।

'लोकतन्त्र भोट हाल्ने र चुनाव जित्ने मात्र होइन, यसले आधारभूत जनताका जीवन परिवर्तन गर्नमा राज्यको नीति कार्यक्रम केन्द्रित हुनुपर्छ', उनले भने 'प्रधानमन्त्री रोजगार कार्यक्रम गरिब, एक पेट खान नपाएका, खरको छानो नभएका दीन दुःखीको कार्यक्रम हो ।' सम्मेलनमा सहभागी केहि वक्ताले बजेट सक्नकै लागि मन्त्रालयले असारमा कार्यक्रम गरेको टिप्पणी गरेपछि मन्त्री  विष्टले त्यसको जवाफ दिंदै भने 'सरकारले जानी बुझी असारमै गोष्ठी गर्ने निर्णय गरेको हो, विगत १ वर्ष नीति निर्माण गर्न मै समय लाग्यो, यस सम्मेलनले दिएका सुझावलाई ग्रहण गर्दै आगामी आर्थिक वर्षबाट समयमै कार्य गर्नमा मद्धत पुग्नेछ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट