२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेसले अन्तरिम व्यवस्थाअनुसार नै नयाँ संरचना गठन गर्ने

२०७६, १९ असार बिहीबार १५:३३

नेपाली काङ्ग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको छ ।

नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता र भ्रम निवाराणार्थ आज पार्टीले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो । विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विधानको व्यवस्थाभन्दा बाहिर केन्द्रीय सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचार निराधार भएको विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेसको विधानमा पार्टीको नयाँ संरचना गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार वैशाख २२ गते बस्दैछ । पार्टीले संशोधित विधान कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुने पार्टी कार्यालयले जनाएको छ । 

साथै बैठकले नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचना निर्माण गर्ने सम्बन्धमा बैठकले आवश्यक निर्णय लिने बताइएको छ । केन्द्रीय समितिको बैठक लगतै नेपाल विद्यार्थी सङ्घ लगायतका भ्रातृ संस्थाहरु बारेका निर्णय आवश्यक परामर्शपश्चात हुने विज्ञप्तिमा जनाइएको छ । 

काङ्ग्रेसले आगामी भदौ २४ बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पूर्व नै संशोधित विधान अनुरुपका सबै संरचना निर्माण गर्ने घोषणा गरिसकेको छ । पार्टीको प्रथम चरणको जागरण अभियान मुलुकभर एकसाथ गत वैशाख २५ देखि जेठ २५ गतेसम्म भएको थियो । तेस्रो चरणको जागरण अभियान आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !