१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम भट्टराईसंग किरातीको आग्रह ‘इण्डो प्यासिफिक रणनीति खारेज गरियोस्’

२० असार २०७६, शुक्रबार ००:४४

असार २०, काठमाडौँ | हालै नेकपा (माओवादी केन्द्र) अध्यक्ष गोपाल किराती र समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता गरी विभिन्न विषयमा छलफल भएको समाचार छ । 

नेकपा (माओवादी केन्द्र) को तर्फबाट भट्टराईसंग माओवादी आन्दोलनमा फर्कन आग्रह गर्दै नेपाललाई अर्को अफगानिस्तान बनाउने ईण्डो प्यासिफिक रणनीति नामको साम्राज्यवादी युद्धमोर्चालाई जसरी हुन्छ खारेजीका लागि पहल गर्न आग्रह गरेको समाचार छ ।

जनयुद्धकालमा माओवादी विरुद्ध प्रयोग भएको रेञ्जर बटालियनलाई बिग्रेडस्तरमा बढाउदै डिभिजनसम्म पुर्यउने षडयन्त्र स्वरुप मुस्ताङमा भईरहेको नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास इण्डो प्यासिफिक रणनीतिकै अंग भएको, त्यसले गणतन्त्र नेपाललाई साम्राज्यवादी युद्ध मैदानको दुश्चक्रमा फसाउने र खड्ग ओली सरकारद्वारा अघि सारेको आणविक भट्टी संचालन सम्बन्धी बिधयेक त्यही रणनीतिकै अन्तर्गत नेपालको स्वाधीनता र सार्वभौमसत्ता मात्र होईन नेपाली मानव समाजलाई सखाप पार्ने हर्कत भएकाले उक्त रणनीति खारेजीको पहल बढाउन आग्रह गरेको बुझिएको छ । 

माओवादी केन्द्रको तर्फबाट विप्लव नेकपा विरुद्धको प्रतिवन्ध खारेज गरी बार्ताको माध्यमबाट राजनीतिक समधान खोजी विध्यमान गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्न विशेष आग्रह गरिएको छ । साथै, प्रचण्ड समेतलाई एमालेको चंगुलबाट मुक्त गरी पूर्व माओवादीहरु, देशभक्त पहिचान पक्षधरहरु तथा प्रगतिशील शक्तिहरु जुटेर माओवादी आन्दोलनको उपलब्धिको रक्षा र विकास गर्न बाबुरामसंग आग्रह गरेको बुझिएको छ । 

जवाफमा डा. भट्टराईले नेकपा (माओवादी केन्द्र) को आग्रहलाई सकरात्मक भन्दै प्रचण्डहरु एमाले–सर्पको मुखमा भ्यागुता छट्पटाईरहेको अवस्थामा पुगेका छन भन्दै इण्डो प्यासिफिक रणनीतिले नेपाललाई अफगानिस्तान भन्दा पनि खराव हालतमा पुर्याउने बताउदै २०५२ साल पछिका प्रगतिशील शक्तिहरुको एकताबाट बाह्य र आन्तरिक प्रतिगमन विरुद्ध लड्न सकिने परिस्थिति निर्माण गर्नुपर्ने प्रतिवद्धता जनाएको समाचार छ । 

पार्टी पुनर्गठन र आठौं महाधिवेशन सम्पन्न गरेसंगै नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियता, जनवाद र जनजिविकाको सवालमा विभिन्न शिर्ष नेताहरुसंग भेटघाट तथा छलफल अघि बढाएको छ । स्रोतका अनुशार प्रचण्डबाट शुरु गरेको भेटवार्ता बाबुराम भट्टराई हुदै लगातार अन्य शिर्ष नेताहरुलाई भेट्ने कार्यसूची रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट