१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुसलधारे पानीमा माओवादीको सभा, भारतसामु सरकारले घुडा टेकेको भन्दै आक्रोश (भिडियो)

२१ असार २०७६, शनिबार १७:२८

असार २१, काठमाडौँ | भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने आफ्नै निर्णय भारतको दवावमा सरकारले फिर्ता लिएको भन्दै नेकपा माओवादी केन्द्रले सनिबार काठमाडौँमा बिरोध सभा आयोजना गरेको छ । काठमाडौँको शान्तिवाटिकामा आयोजित बिरोध सभामा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले ओली सरकारको बिभिन्न पक्ष खुलेर बिरोध गरे । 


भारी बर्षाको बाबजुत पनि विरोध सभा गरेको माओवादी केन्द्रका अध्यक्ष किरातीले सरकार भारतको इसारामा संचालित भएको भन्दै कम्युनिष्ट पार्टीको नाम बोकेर ओली प्रचण्डले कम्युनिष्ट सिद्धान्त विरुद्ध काम गरिरहेको आरोप लगाए । उनले पछिल्लो समय इन्डो प्यासिफिक रणनीतिको सरकारले समर्थन गरेको भन्दै किरातीले मुस्ताङमा अमेरिकी सेनाले तालिम दिइरहनुले नेपालको भविष्यमा ठूलो संकटमा फस्न सक्ने संकेत गरे ।


किरातीले पछिल्लो समय भारतले तरकारी तथा फलफुलको माध्यमबाट नेपाली जनतालाई बिषादी खुवाईरहेको भन्दै सरकारले जेठ १० गते गरेको निर्णयको आफूले खुलेर समर्थन गरेको तर शुक्रबार भारतको दवावमा परेर सरकारले आफ्नै निर्णय फिर्ता लिएपछि बिरोध गर्नुपरेको बताए । उनले भने 'भारतीय तरकारी र फलफुल देशभक्त नेपालीले मात्र नभई आफ्नो जीवनको रक्षा चाहने, आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न चाहने, आफ्नो नानीबाबुलाई स्वस्थ राख्न चाहने प्रत्यक नेपालीले अस्वीकार गर्नु पर्छ' उनले अघि भने 'यतिबेला नेपालमाथि यो बिषादी खुवाउने नरेन्द्र मोदीको सरकारले जुन जबर्जस्ति गर्यो र ओली सरकारले घुडा टेकेको छ ।' 

भारी बर्षाका वावजुद नेकपा माओवादी केन्द्रले ५० मिनेटसम्म कार्यक्रम गर्यो । किरातीले विरोध भाषण गर्दैगर्दा उसका नेता तथा कार्यकर्ताहरु सडकमा रुझेरै भएपनि विरोधको समर्थन गरे । उक्त विरोध सभालाई किरातीले गरेको सम्वोधन भिडियोमा हेर्न सक्नुहुन्छ ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट