२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन’:प्रम ओली

२०७६, २९ असार आईतवार ०९:२८

असार २९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन संस्कृतिमन्त्रीसमेत रहनुभएका ओलीले गर्दै भाषिक– सांस्कृतिक एकताको सूत्रपात गर्ने आदिकविको २०६ औँ जन्मजयन्तीमा भारी मन लिएर भए पनि पूर्वनिर्धारित कार्यक्रममा उपस्थित भएको बताउनुभयो  ।

“यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, यहाँबाट फर्केपछि पनि त्यसमै लाग्छु, थप केही गर्नु छ कि भनेर ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

 ऋषिमुनिको कालदेखि नै ‘सर्वे भवन्तु सुखिनः….’ भन्ने इच्छा गरिएकाले यो राष्ट्रिय आकाङ्क्षा बन्न पुगेको बताउँदै उहाँले हाल त्यसका लागि साधन एवं स्रोत दुवै भएको उल्लेख गर्नुभयो । सञ्चार, यातायात, पूर्वाधारलगायत साधनले त्यो लक्ष्य पूरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 व्यक्तिले आफू बाँचिरहेको बेलामा नै योगदान गर्नुपर्छ भन्दै उहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारले आफ्नो समयमा आवश्यकतानुसारको कीर्ति राख्नुभएको बताउनुभयो ।

 सो अवसरम ासंस्कृति राज्यमन्त्री धनबहादुर बुढा र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यविधिअनुसार छनोट हुनुभएका ४२ स्रष्टालाई सम्मान गरिएको बताउनुभयो । 

 भगत सर्वजित स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सांसद छविलाल विश्वकर्माले उत्पीडितलाई मानव मर्यादामा स्थापित गर्न निरन्तर लागिपर्ने व्यक्तित्वका नाममा स्थापित भगत सर्वजित मानव मर्यादा पुरस्कार विसं २०७२ देखि वितरण शुरु गरिएको बताउनुभयो । 

 महाकवि देवकोटा बाल एवं लोकसाहित्य पुरस्कारबाट सम्मानित जीवेन्द्रदेव गिरीले पुरस्कारले थप काम गर्ने उत्साह जागेको बताउनुभयो । बाँकी समाचार अर्काे बुलेटिन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !