१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन’:प्रम ओली

२९ असार २०७६, आईतवार ०९:२८

असार २९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन संस्कृतिमन्त्रीसमेत रहनुभएका ओलीले गर्दै भाषिक– सांस्कृतिक एकताको सूत्रपात गर्ने आदिकविको २०६ औँ जन्मजयन्तीमा भारी मन लिएर भए पनि पूर्वनिर्धारित कार्यक्रममा उपस्थित भएको बताउनुभयो  ।

“यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, यहाँबाट फर्केपछि पनि त्यसमै लाग्छु, थप केही गर्नु छ कि भनेर ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

 ऋषिमुनिको कालदेखि नै ‘सर्वे भवन्तु सुखिनः….’ भन्ने इच्छा गरिएकाले यो राष्ट्रिय आकाङ्क्षा बन्न पुगेको बताउँदै उहाँले हाल त्यसका लागि साधन एवं स्रोत दुवै भएको उल्लेख गर्नुभयो । सञ्चार, यातायात, पूर्वाधारलगायत साधनले त्यो लक्ष्य पूरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 व्यक्तिले आफू बाँचिरहेको बेलामा नै योगदान गर्नुपर्छ भन्दै उहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारले आफ्नो समयमा आवश्यकतानुसारको कीर्ति राख्नुभएको बताउनुभयो ।

 सो अवसरम ासंस्कृति राज्यमन्त्री धनबहादुर बुढा र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यविधिअनुसार छनोट हुनुभएका ४२ स्रष्टालाई सम्मान गरिएको बताउनुभयो । 

 भगत सर्वजित स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सांसद छविलाल विश्वकर्माले उत्पीडितलाई मानव मर्यादामा स्थापित गर्न निरन्तर लागिपर्ने व्यक्तित्वका नाममा स्थापित भगत सर्वजित मानव मर्यादा पुरस्कार विसं २०७२ देखि वितरण शुरु गरिएको बताउनुभयो । 

 महाकवि देवकोटा बाल एवं लोकसाहित्य पुरस्कारबाट सम्मानित जीवेन्द्रदेव गिरीले पुरस्कारले थप काम गर्ने उत्साह जागेको बताउनुभयो । बाँकी समाचार अर्काे बुलेटिन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट