२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेता र मन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

२०७६, १ श्रावण बुधबार १२:१०

साउन १, सिरहा  | दुई पूर्वप्रधानमन्त्रीसहित सङ्घीय सरकारका मन्त्रीले आज बाढीबाट प्रभावित सिरहाका विभिन्न स्थानको हेलिकप्टरबाट निरीक्षण गर्नुभएको छ । 

हालैको अविरल वर्षासँगै कमला र बलान नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायातमन्त्री रघुबीर महासेठसहितको टोलीले हेलिकप्टरबाटै निरीक्षण गर्नुभएको हो । 

नेपाली सेनाको हेलिकप्टरबाट आइपुगेको टोलीले कमला र बलान नदीको बाढीबाट प्रभावित सिरहा सदरमुकामसहित सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, लहान नगरापालिका, कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकाका विभिन्न वडाको निरीक्षण गर्नुभयो । सिरहाको निरीक्षण पश्चात टोली धनुषातर्फ प्रस्थान गरेको छ ।

 सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । कमला र बलान नदीको बाढी गाउँ पस्दा सिरहाका विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने दुई हजार ५३८ घरमा आंशिक क्षति पुगेको प्रजिअ गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने