२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठक : जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लाग्यो

२०७६, ५ श्रावण आईतवार १२:१०

साउन ५, काठमाडौँ  |  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज साङ्गठनिक एकीकरणका बाँकी कामलाई पूर्णता दिने विषयमा भएको छलफलमा ७७ जिल्ला भूगोल र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्गो लागेको जानकारी दिनुभयो ।

उहाँले आउँदो मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने सचिवालयको बैठकले बाँकी विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास सङ्गठनको एकीकरणको टुङ्गो लगाइने जानकारी दिनुभयो ।

सङ्गठन विभागको विषयमा पत्रकारले सोधेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यसअघि कुनै विभाग टुङ्याएको भन्ने कुरा अपूर्ण हो, गृहकार्य चाहिँ अध्यक्षद्वयले गर्नुभएको हो, गृहकार्य भनेको निर्णय होइन, आज गृहकार्यपश्चात् पहिलो पटक सचिवालयको बैठक बसेको हो, सचिवालयले जे टुङ्गो लगायो त्यही पार्टीको आधिकारिक निर्णय हो ।”

उहाँले आज बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट निर्णयको विवरण सार्वजनिक गरिने बताउनुभयो । उक्त विषय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा समेत प्रस्तुत गरिने जानकारी दिनुभयो ।

 उहाँले दुई साबिक पार्टीको इन्चार्जहरुकै आधारमा इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाइएको उल्लेख गर्नुभयो । राजनीतिक प्रतिवेदन भने प्रकाशनका लागि प्रेसमा गइसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

छलफलपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सचिवालय सदस्य बामदेव गौतमले कतिपय जिल्लामा इन्चार्ज र सहइन्चार्ज, कतिपय जिल्लामा इन्चार्ज मात्रै र कतिपय जिल्लामा १० जनासम्म इन्चार्ज र सहइन्चार्ज तोकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !