१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठक : जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लाग्यो

५ श्रावण २०७६, आईतवार १२:१०

साउन ५, काठमाडौँ  |  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज साङ्गठनिक एकीकरणका बाँकी कामलाई पूर्णता दिने विषयमा भएको छलफलमा ७७ जिल्ला भूगोल र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्गो लागेको जानकारी दिनुभयो ।

उहाँले आउँदो मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने सचिवालयको बैठकले बाँकी विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास सङ्गठनको एकीकरणको टुङ्गो लगाइने जानकारी दिनुभयो ।

सङ्गठन विभागको विषयमा पत्रकारले सोधेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यसअघि कुनै विभाग टुङ्याएको भन्ने कुरा अपूर्ण हो, गृहकार्य चाहिँ अध्यक्षद्वयले गर्नुभएको हो, गृहकार्य भनेको निर्णय होइन, आज गृहकार्यपश्चात् पहिलो पटक सचिवालयको बैठक बसेको हो, सचिवालयले जे टुङ्गो लगायो त्यही पार्टीको आधिकारिक निर्णय हो ।”

उहाँले आज बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट निर्णयको विवरण सार्वजनिक गरिने बताउनुभयो । उक्त विषय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा समेत प्रस्तुत गरिने जानकारी दिनुभयो ।

 उहाँले दुई साबिक पार्टीको इन्चार्जहरुकै आधारमा इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाइएको उल्लेख गर्नुभयो । राजनीतिक प्रतिवेदन भने प्रकाशनका लागि प्रेसमा गइसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

छलफलपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सचिवालय सदस्य बामदेव गौतमले कतिपय जिल्लामा इन्चार्ज र सहइन्चार्ज, कतिपय जिल्लामा इन्चार्ज मात्रै र कतिपय जिल्लामा १० जनासम्म इन्चार्ज र सहइन्चार्ज तोकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट