१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २:३० बजे बस्ने

८ श्रावण २०७६, बुधबार ०८:०३

साउन ८, काठमाडौँ  |  प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्काे बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो बैठक विशेष कारणवश स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाको अघिल्लो (असार ३१) को बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानलगायतका विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव सङ्घीय संसद्मा दर्ता गराएपछि सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा मत बाझिएर बैठक स्थगित भएको थियो । 

बाढीपहिरो र डुबानमा परेका नागरिकलाई सहयोग पु¥याउन प्रभावित क्षेत्रमा सांसद खटिनुपर्ने हुँदा बैठक स्थगित गर्नुपरेको विषय सूचनामा उल्लेख गरिएको थियोे । बैठक स्थगन भएलगत्तै सभामुख महराले सांसदलाई बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न आग्रह गर्नुभएको थियो भने प्रतिपक्ष दल काङ्गे्रसले मुलुकमा विपद् भएको बेला सिङ्गो संसद् एक ढिक्का भएर अघि बढ्नुपर्नेमा बैठक स्थगन गर्ने कार्य ठीक नभएको प्रतिक्रिया दिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट