२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय जनमोर्चादारा जनधनको क्षतिप्रति दुःख व्यक्त

२०७६, ८ श्रावण बुधबार ०८:१३

 साउन ८, काठमाडौँ  | राष्ट्रिय जनमोर्चाले देशका कतिपय भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति पुगेकामा दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव जनकराज शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा प्राकृतिक प्रकोपबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरिएको छ । 

गल्मी जिल्ला सत्यवती गाउँपालिका–३ र ४ को लिम्घामा ११ जनाको मृत्यु तथा दुई बेपत्ता भई ठूलो जनधनको क्षति भएको खबरले पार्टी स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । पहिरोमा परी बेपत्ता भएकाको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न, पहिरोबाट विस्थापित परिवारलाई तत्काल पुनस्र्थापना र पीडित परिवारहरुलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ । 

 पहिरो, बाढी र डुबानको उच्च जोखिममा रहेका मानव बस्तीलाई समयमै सुरक्षित व्यवस्थापन गर्नेतर्फ सरकारलाई आग्रह गर्दै विज्ञप्तिमा घटनाका पीडितको उद्धार तथा सबै प्रकारका सहयोग गर्नका लागि पार्टी निकट सबै सङ्गठनलाई निर्देशन दिइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !