२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चक्का जामप्रती नेकपाकै नेताको आपत्ती

२०७६, ८ श्रावण बुधबार १६:००

साउन ८, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँदै बुधबार बिहान हलेसीमा नेकपाका तीन जनप्रतिनिधि लगायतले चक्का जाम गरे । नगरपालिकाभीत्रको विषयलाई सडकमा ल्याएर सडक अवरोध पुर्याउने ६ जनालाई प्रहरीले पक्राउ गर्यो ।  

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगती समिक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपार्टी अन्त्य गर्न लगायतका माग राखे पनि नगरसभाले बेवास्ता गरिएको विरोधमा गरेको चक्का जाम कार्यक्रमको भने, नेकपाकै एक नेताले आपत्ती जनाएका छन् ।

साविक माओवादीबाट हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुखका प्रत्यासी हरिशचन्द्र गिरीले के भने नेकपाका विरोध तथा धर्ना कार्यक्रमलाई उहाँकै शब्दमा ।


हरिशचन्द्र गिरी, मेयरका प्रत्यासी 

“यो बन्द हड्ताल तत्काल छोडेर मेयरसँग वसेर वार्ता गर्दा समस्या समाधान हुन्छ । सडकमा जनता उफारेर कुनै टुंगो लाग्दैन । मेयरले सकारात्मक कुरा गरेका छन् आउनुस वार्ता गरौं, छलफल गरौ वसौं छलफल गरौ भनिराछ । त्यसले गर्दाखेरी यो, यो कारणले गर्दाखेरी हामीले आन्दोलन गरेका हौं, अब हामी यो आन्दोलन गरौं कि तपाई सकारात्मक बन्नुहुन्छ भन्ने वितिक्कै जहाँसम्म मलाई लाग्छ मेयर सकारात्मक हुनुहुन्छ । अघि एफएमबाट पनि अन्तर्वार्ता सुने, मेयरले खासै नराम्रो खालको कुरा गरेको देखिन्दैन । त्यसैले गर्दाखेरी यो बन्द र बन्द गर्ने काम चाँहि गर्नै हुदैन । यदि चित्त बुझ्दैन, नगरले राम्रो गर्दैन नगरपालिकाले खराब काम गर्छ भने नगर घेर्ने काम गर्न सकिन्छ । नगरमा गएर घेराउ हाल्न सकिन्छ । तर यो बन्द गर्ने, हड्ताल गर्ने, गाडी रोक्ने काम राम्रो हैन जस्तो लाग्छ मलाई चाँहि । टेबल टक गरे मात्रै समाधान हुने हो सडकमा कराएर बन्द गरेर कुनै अर्थ हुदैन । गाडी बन्द गरेर हुने केही हैन हाम्रो साथीहरु नगरमा गएर टेबल टक गरे मात्रै यो समाधान हुन्छ ।

बजेटको कुरा हो मेयरले आफू खुशी गरेर गोजीमा राख्न पाउदैन । त्यहाँ अख्तियार छ । प्रदेश छ । प्रदेशमा आफ्नो सरकार छ । केन्द्र छ ।”

नाम नबताउने शर्तमा नेकपाका एक कार्यकर्ताले भने, कम्युनिष्टको पूरानो तथा हलेसी तुवाचुङ नगरपालिकाका मेयरका प्रत्यासी नेता भए पनि नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिले कुनै पनि काम कारवाही गर्ने सिलसिलामा कुनै समन्वय र छलफल नै नगर्ने गुनासो गरे । सोही कारण पनि आजको अवस्था आएको बताए । हलेसीमा नेकपाको राजनीति देखी राजनीति नै गर्न मन नभएको बताउदै उनले भने “मन्दिरको भेटीले गर्दा धेर खुरापाती छ ।”  

यसो भन्छन् नगरप्रमुख इवन राई 

“महालेखा परिक्षणको आर्थिक प्रतिवेदन फागुनमा नगरपालिकाको कार्यपालिकामा दुई दिन छलफल भएको छ । त्यसको प्रतिवेदन बनाउन लेखा समितिलाई जिम्मा दिइसकेको छु । त्यो लुकाएको हैन, कसैलाई हातहातमा बाँड्दै हिड्ने कुरा पनि भएन । चाहियो भने नगरपालिकामा छ लिएर गए हुन्छ । ब्लक बजेट छ÷छैन भन्ने कुरा नगरपालिकाको वेबसाइटमा हेर्दा हुन्छ । त्यहाँ सबै लगाएका छौ । 

लेखा प्रतिवेदन परिक्षणको कार्यपालिकामा पेश भएको छलफल चलिरहेको छ । यो चाँहि लेखा समितिले मलाई बुझाउनुपर्ने, बुझाउनु भएको छैन । लेखा समितिमा रमेश तिवारी पनि हुनुहुन्छ जो जनप्रतिनिधि भएर बन्द, हड्ताल गराउदै हिड्नुभएको छ । उहाँहरुले मलाई बुझाउनुपर्ने बुझाएका छैनन् । मैले स्पष्टीकरण सोध्ने बेला भएको छ । अहिलेसम्म किन नबुझाएको भनेर ?

साउन मसान्तसम्म वार्षिक प्रगती समिक्षा गर्ने भनेर कार्यपालिकाको बैठकले सर्वसम्मत निर्णय गरेकै छ । नगरसभामा लगेको बजेट पनि कार्यपालिकाले सर्वसम्मत ढंगले निर्णय गरेकै छ । उज्यालो वडा घोषण गर्ने भनेर गत वर्षको बजेटमा एक करोड यसवर्ष तीन करोड गरी चार करोड बजेट छ्ट्याएका छौ । १,२,३ र ४ नम्बर वडालाई उज्यालो वडा घोषणा गर्नलाई तर, साथीहरुको आन्दोलन भनेको यसैको विरुद्धमा हो । त्यहाँ चाँहि लोकप्रिय कार्यक्रम लिएर जाने भो, अध्याँरोमा बसेका मान्छेहरु उज्यालोमा बस्न पाउँछन्, उज्यालो भएपछि उनीहरु लोकप्रिय हुने भो भन्ने हिसाबले १ नम्बर विरोधमा छन् साथीहरु । खडेरी पछाडी बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपमा परेको नगरवासीहरुलाई राहत वितरण गर्नको लागि एक करोड ४० लाख पैसा छुट्याएका छौ । त्यसका विरुद्धमा हो साथीहरु ।”

नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको बन्दको प्रहरीले अवज्ञा गरे भने । बाढी र पहिरोले हप्तौसम्म थुनिएर जसोतसो आफ्नो गन्तब्य स्थलतर्फ हिडेका आम नागरिकहरुले स्वस्र्फुत रुपमा बन्दको विरोध गरेका थिए । ‘विकास निर्माण, सुशासन गर्न जनप्रतिनिध बनाएको कि बन्द हड्ताल गर्नका लागि भनेर बहिष्कार गरेका थिए ।’ बन्दमा उत्रिएका जनप्रतिनिधिलाई विप्लव समुह कि जनप्रतिनिधि भनेर नागरिकले प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा