२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जना रिहा

९ श्रावण २०७६, बिहीबार ०३:४४

साउन ९, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर समिति अध्यक्ष सुरेन्द्रकुमार राईको जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । नगरप्रमुखविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेर दिक्तेल–हलेसी सडकखण्डको दुर्छिममा चक्काजाम गराउन बसेका वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य निरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुसँगै चक्काजाम गराउन बसेका नेकपाका हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा समिति सचिव धनकुमार भुजेललाई समेत प्रहरीले पक्राउ गरेको थियो । चक्काजाम गराउन बसेका दुई वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि दिक्तेल–हलेसी सडकखण्ड तनावग्रस्त बनेको थियो ।

उनीहरु पक्राउ परे पनि आन्दोलनमा सहभागी अन्य दुई वडाध्यक्षसहित स्थानीयवासीले दोस्रो चरणअन्तर्गत च्यस्मिटारमा दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा चक्काजाम गरेका थिए । नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको आरोपसहित वडाध्यक्षसहित २६ सदस्यले आन्दोलन शुरु गरेका हुन् ।

उनीहरुले स्थानीयवासीलाई समेत सहभागी गराएर मङ्गलबार नगरप्रमुखविरुद्ध नाराजुलुस गर्दै एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । उनीहरुले आर्थिक वर्ष २०७४/७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन् ।

नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, नगरबाट सञ्चालित योजनालाई आफ्ना कार्यकर्ता लक्षित गरिएकोलगायतका आरोप लगाएका छन् । नगरप्रमुख राईले भने वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको बताउनुभएको छ । 

नगरप्रमुख इवन राई र उपप्रमुख विमला राई नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुहुन्छ । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । दुई वडाध्यक्षसहित छ पक्राउ परेपछि नेकपाको हलेसी नगरसमितिको आकस्मिक बैठकले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकोप्रति आपत्ति जनाएको थियो । उनीहरुले विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपमा परेका सबै जनालाई बिनासर्त रिहाइ गर्न माग गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य