१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई बधाई

९ श्रावण २०७६, बिहीबार ११:४८

साउन ९, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाउनुभएको सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नुभएको छ । 

“नेपालको बाह्य विश्वसँग दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्रराष्ट्र  बेलायत नै हो”,प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।”

उहाँले हालैको आफ्नो बेलायत भ्रमणको सम्झना गर्दै “तत्कालीन प्रधानमन्त्री टेरेसा मेका साथै सांसद र व्यापारिक समुदायसँगको अन्तरक्रियाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो”,भन्नुभएको छ । 

बेलायत सरकारले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा “नेपालमा लामो समयदेखिको राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकता निर्धारण गरेर समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा परिकल्पना गरेका छौँ । त्यसैले हामी बेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्ट्रबाट सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्चस्तरको सहयोगको अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सनको कार्यकालको सफलताको कामना गर्दै तथा बेलायतका जनताको शान्ति, प्रगति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले दुई देशबीचको सम्बन्ध भावी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री जोन्सनसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने अपेक्षा गर्नुभएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट