२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा गोकुलेश्वर क्याम्पसले बिद्यार्थी संघ संगठन खारेज गरेको निर्णयप्रति अनेरास्ववियुको आपत्ती

२०७६, १० श्रावण शुक्रबार ०४:५०

कृष्ण बिष्ट  | साउन १०, बैतडी | बैतडीको गोकुलेश्वर कृषी तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ, संगठन र स्ववियु खारेज गरेको सूचना सार्वजनिक गरेपछि अनेरास्ववियु बैतडीले आपत्ति जनाएको छ ।

संगठनलाई कुनै जानकारी नगराइकनै बिद्यार्थी संगठन खारेज गरेको भन्दै आपत्ति जनाएको हो । नेकपा निकट अखिल क्रान्तीकारी  र अनेरास्ववियु बैतडीले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै क्याम्पसले गरेको उक्त निर्णयप्रति आपत्ती जनाएको छ । अनेरास्ववियु र अखिल क्रान्तीकारी बैतडीका अध्ययक्ष द्धय भुवन कार्की र गोविन्द मालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, कुनै बिद्यार्थी संगठनलाई जानकारी नगराई टेलर हेड र छापको दुरुपयोग गरि संगठन खारेज गरेको छ, संगठनको नाममा मनपरी र दुरुपयोग गर्नेहरुमाथि अनेरास्ववियुले छानबिन गर्नेछ र सत्यतथ्य पर्दाफास गर्ने छ ।’   

बिना जानकारी कुनै क्याम्पसमा गठन गरिएको संगठन खारेज गर्ने अधिकार उक्त क्याम्पस प्रशासन संग नभएको अनेरास्ववियु बैतडीका अध्यक्ष भुवन कार्कीले बताउनुभयो । गोकुलेश्वर कृषी क्याम्पसले गरेको निर्णय नसच्या अनेरास्ववियु कडा भन्दा कडा रुपमा प्रतिकारमा उत्रने पनि उहाले बताउनुभयो । 

कलेजमा दर्ता भएका राजनीतिक पार्टीसँग आबद्ध संघसंगठन (नेविसंघ, अनेरास्ववियु) र स्ववियु खारेज गरिएको कलेजले जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले जारी गरेको सूचनाअनुसार कलेजमा दर्ता भएका राजनीतिक पार्टी आबद्ध विद्यार्थी संघ, संगठनहरू (नेविसंघ, अनेरास्ववियु) आपसमा झैंझगडा, कुटपिट गर्नाले कलेजको शैक्षिक वातावरण अशान्त बन्ने र संघ र संगठनमा आबद्ध विद्यार्थीहरू नै असुरक्षित रहने अवस्था रहेको भन्दै खारेजीका लागि उनीहरूले निवेदन दिएको र सोहि अनुसार प्रशासनले संघ संगठन खारेज गरेको क्याम्पसले जनाएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा