१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा गोकुलेश्वर क्याम्पसले बिद्यार्थी संघ संगठन खारेज गरेको निर्णयप्रति अनेरास्ववियुको आपत्ती

१० श्रावण २०७६, शुक्रबार ०४:५०

कृष्ण बिष्ट  | साउन १०, बैतडी | बैतडीको गोकुलेश्वर कृषी तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ, संगठन र स्ववियु खारेज गरेको सूचना सार्वजनिक गरेपछि अनेरास्ववियु बैतडीले आपत्ति जनाएको छ ।

संगठनलाई कुनै जानकारी नगराइकनै बिद्यार्थी संगठन खारेज गरेको भन्दै आपत्ति जनाएको हो । नेकपा निकट अखिल क्रान्तीकारी  र अनेरास्ववियु बैतडीले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै क्याम्पसले गरेको उक्त निर्णयप्रति आपत्ती जनाएको छ । अनेरास्ववियु र अखिल क्रान्तीकारी बैतडीका अध्ययक्ष द्धय भुवन कार्की र गोविन्द मालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, कुनै बिद्यार्थी संगठनलाई जानकारी नगराई टेलर हेड र छापको दुरुपयोग गरि संगठन खारेज गरेको छ, संगठनको नाममा मनपरी र दुरुपयोग गर्नेहरुमाथि अनेरास्ववियुले छानबिन गर्नेछ र सत्यतथ्य पर्दाफास गर्ने छ ।’   

बिना जानकारी कुनै क्याम्पसमा गठन गरिएको संगठन खारेज गर्ने अधिकार उक्त क्याम्पस प्रशासन संग नभएको अनेरास्ववियु बैतडीका अध्यक्ष भुवन कार्कीले बताउनुभयो । गोकुलेश्वर कृषी क्याम्पसले गरेको निर्णय नसच्या अनेरास्ववियु कडा भन्दा कडा रुपमा प्रतिकारमा उत्रने पनि उहाले बताउनुभयो । 

कलेजमा दर्ता भएका राजनीतिक पार्टीसँग आबद्ध संघसंगठन (नेविसंघ, अनेरास्ववियु) र स्ववियु खारेज गरिएको कलेजले जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले जारी गरेको सूचनाअनुसार कलेजमा दर्ता भएका राजनीतिक पार्टी आबद्ध विद्यार्थी संघ, संगठनहरू (नेविसंघ, अनेरास्ववियु) आपसमा झैंझगडा, कुटपिट गर्नाले कलेजको शैक्षिक वातावरण अशान्त बन्ने र संघ र संगठनमा आबद्ध विद्यार्थीहरू नै असुरक्षित रहने अवस्था रहेको भन्दै खारेजीका लागि उनीहरूले निवेदन दिएको र सोहि अनुसार प्रशासनले संघ संगठन खारेज गरेको क्याम्पसले जनाएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट