२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

२०७६, १२ श्रावण आईतवार ०८:२९

साउन १२, काठमाडौँ  | राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “जनताले गरेको आशाअनुरुप यो सरकारले परिवर्तनकारी काम गर्न सकेन ।”

यादवले देशको आर्थिक अवस्था कमजोर रहेको, नेपाल राष्ट्र बैंकसँग आठ महिनाका लागि मात्र मुद्रा सञ्चिति रहेको, व्यापारघाटा र सोधान्तरस्थिति बढेको तथा नेप्से सूची कमजोर भएको उल्लेख गर्नुभयो ।

अर्को प्रसङ्गमा संविधान अपूरो तथा अधुरो रहेकाले संविधान संशोधनको विकल्प नभएको बताउँदै उहाँले सरकारले यसमा जिद्दी गरिरहे फेरि आन्दोलन हुन सक्ने सङ्केत उहाँले गर्नुभयो ।

बर्सेनी पहाडमा पहिरो आउने तथा मधेश जलमग्न हुने स्थिति रहेकाले सरकारले बाढीपहिरो प्राधिकरण गठन गरी आकाशको पानी सङ्कलन गरी उपयोग गर्ने नीति बनाउनुपर्ने सल्लाह यादवले दिनुभयो । उहाँले पार्टीको सिद्धान्त तथा विचार मिल्ने पार्टीसँग पार्टी एकीकरण गर्ने बताउँदै समाजवादी पार्टीबाहेक साना पार्टीहरुसँग कुराकानी भइरहेको बताउनुभयो ।

संयोजक यादवले पार्टीले राजपाको महाधिवेशन घोषणा गरिसकेको स्पष्ट पार्दै महाधिवेशन सफल बनाउने, पार्टीको सङ्गठन बलियो बनाउने, सिद्धान्त, नीति तथा कार्यक्रम लागू गर्न पार्टी दृढ छ भन्नुभयोे । संसद्मा बलियो प्रतिपक्ष आवश्यक भएकाले पार्टीको विचार मिल्ने मुद्दामा राजपाले नेपाली काँग्रेससँग सहकार्य गरी संसद्मा सशक्त भूमिका खेल्ने बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !