साउन २०, काठमाडौँ | काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ । टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन् ।
ढुंगेललाई भम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ । काभ्रेका प्रहरी प्रमुखले ढुंगेललाई टावर आगजनी कसुरमा पक्राउ गरेको बताएका छन् |