१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मनोमानी गरेको भन्दै कञ्चनपुरको एक वडा कार्यालयमा कांग्रेसले गर्यो तालाबन्दी

२० श्रावण २०७६, सोमबार ११:३४

साउन २०, कंचनपुर |  कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेसले कञ्चनपुरको एक वडा कार्यालयमा तालाबन्दी गरेको छ । जिल्लाको  कृष्णपुर नगरपालिका वडा नम्बर ९ को कार्यालयमा आईतबार नेपाली कांग्रेस वडा कार्य समितिले तालाबन्दी गरेको हो । वडा सभापती घनश्याम जोशीले कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरिएपछि तालाबन्दी गरिएको बताए |

वडा कार्यालयले गत आर्थिक वर्ष २०७५-०७६ मा सडक ग्रावेल, कल्र्भड लगायतका योजना तर्जुमा गर्दा मनोमानी गर्दै बजेट खर्च गरिएको उनले जनाए। यस्तै चालु आर्थिक वर्ष २०७६-०७७ मा पनि योजना छनौटमा गर्दा मनोमानी गरिएका कारण तालाबन्दी गरिएको कांग्रेसको भनाई छ |

गत वर्षका योजनाको सार्वजनिक सुनवाई नगरेको, स्थानीय क्षेत्र परिचालन निर्देशिकामा भएका प्रावधान  कार्यान्वयन नभएको र प्राथमिकता नभई पहुँचका आधारमा योजना छनौट गरिएको आरोप लागेको छ। नेपाली कांग्रेसबाट वडा अध्यक्षमा चुनाव लडेका कैलाश बहादुर बलयारले आफन्त र नातागोतालाई उपभोक्ता समितिमा राख्दै आर्थिक अनियमितता गरिएको आरोप लगाए।

आफूहरुले सार्वजनिक सुनवाई र न्यायोचित ढंगबाट योजना छनौट गरिनुपर्ने माग गरेको बलायले बताए। साउन २ गते कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालसंग वडा अध्यक्षको कार्यशैलीका विषयमा छलफल भएपनि त्यस यता उनले समय नै उपलब्ध गराउन छोडेको दावी गरिएको छ।

 मेयर हमालले समेत वेवास्ता गरेपछि वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय युवा लेखराज जोशीले बताए। यता मेयर हमालले भने आफू जिल्ला बाहिर रहेकाले फर्केपछि उक्त विषयमा सम्बन्धीत पक्षसंग छलफल गर्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ