१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा ऊर्जामन्त्री बोल्दाबोल्दै बत्ती निभ्यो !

२३ श्रावण २०७६, बिहीबार ०९:०३

साउन २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । बत्ती निभे पनि उनी बोलिरहे  करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । 

केही दिनअघिको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा बिजुली अवरुद्ध भएको जानकारी गराउन पटक पटक प्रयास गर्दा पनि मन्त्री पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेवास्ता गरेको आरोप लगाएका छन् ।

सांसद महतको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या आफूहरुलाई जानकारी भएको भन्दै त्यसको समाधानका लागि पहल गरिरहेको बताए । उनले जुम्लामा बत्ती बाल्न तत्कालका लागि ३ सय केभीएको डिजेल प्लान्ट पठाउने तयारी भइसकेको बताए ।

जुम्लामा सञ्चालित २ सय ४० किलोवाटको लघु जलविद्युत आयोजना बिग्रिएकाले बत्ती नबलेको हो । मन्त्री पुनले उक्त आयोजना मर्मत सम्भार गर्ने र जुम्लासहित कर्णाली प्रदेशमा केन्द्रीय प्रशारण लाइन पुर्‍याउन काम सुरु भइसकेको पनि जानकारी गराए ।

मन्त्री पुनलाई प्रश्न सोध्दा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने ‘माननीय ऊर्जामन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत आपूर्ति अवस्था के छ भन्ने देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ