१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सांसद भन्छन, सत्य निरुपण आयोग किन गठन भएन ?

२३ श्रावण २०७६, बिहीबार १०:२१

साउन २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न माग गरेका छन्  | बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन हेलचेक्र्याईं गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नहुँदासम्म पीडितको आवाजलाई संबोधन गर्ने, सत्य तथ्य पत्ता लगाउने, न्याय निरुपण गर्ने र मुख्य त मेलमिलाप गर्ने कुरा अधुरो रहेको छ’ ।

यसमा हेलचेक्र्याईं हुनु शान्ति प्रक्रिया र संविधानको भावना विपरीत हुने सांसद शर्माले बताए । सत्य निरुपण आयोगका पदाधिकारी सिफारिस गर्न समिति बने पनि नाम सिफारिस नभएको भन्दै उनले तत्काल आयोग गठनको काम अगाडि बढाउन माग गरेका छन् ।

‘सुनेका छौं सिफारिस समिति बनेको छ । नाम सिफारिस भइरहेको छैन, आयोग गठन भइरहेको छैन यो आयोग गठन गरेर काम अगाडि बढाउन माग गर्दछु’ उनले भने । सांसद शर्माले संघीयता कमजोर पार्ने गरी विभिन्न अभिव्यक्तिहरु आइरहेको भन्दै संघीयता कार्यान्वयन इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । संघीय व्यवस्था विगतको आन्दोलनको उपलब्धी भन्दै उनले यसलाई गुडियाजस्तो व्यवहार नगर्न पनि सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ