२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार हो : कमल थापा

२०७६, २४ श्रावण शुक्रबार १०:४५

 साउन २४, धुलिखेल । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका छन् । राप्रपाको प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै राजसंस्थालाई बोकेर हिड्नु संवैधानिक अधिकार भएको बताएका हुन् । थापाले कांग्रेस र कम्युनिष्ट पटक पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरिने दृढता प्रकट गरेका छन् । 

अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संबैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेको हुँदा राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको र यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता भएको कारण २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरिएको बताए । उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताएका छन् । 

उनले राप्रपा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताप्रति अडिग पार्टी भएको बताए । थापाले भने ( संविधान निर्माणको समयमा प्रस्तावना मै गणतन्त्र, धर्म निरिपेक्षता र संघीयतालाई अपरिवर्तनीय राखिएकोमा राप्रपाकै कारण परिवर्तनीय बनाईएको दावी गरेका छन् । राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भएपनि हरेकले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिड्न पाउने स्वतन्त्रता राप्रपाकै कारण भएको उल्लेख गरेका छन् । 

कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक लगायतले एजेन्डा सहि भएपनि कार्यकर्ता तहलाइ पार्टीको विचार, सिद्धान्त बारे बुझाउन आवश्यक रहेकाले यस्ता प्रशिक्षण कार्यक्रम फलदायी हुने बताएका छन् । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भूवन पाठक, रमानन्द न्यौपाने, रोजेश रिजाल लगायतले प्रशिक्षण दिने सहायक प्रवक्ता तथा प्रशिक्षण विभागका सदस्य सचिव रामानन्द न्यौपानेले बताएका छन् । प्रशिक्षण दुई दिन चल्ने र प्रशिक्षक प्रशिक्षण पश्चात जिल्ला तह गएर सबै प्रशिक्षकले प्रशिक्षण दिने न्यौपानेले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !