२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सप्तकोशी उच्च बाँधबारे जानकारी गराउन प्रदेश सांसदको माग

२०७६, २६ श्रावण आईतवार १०:१७

साउन २६ , विराटनगर । प्रदेश १ को प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सप्तकोशी उच्च बाँध परियोजनाको बारेमा प्रदेश सरकारसँग जवाफ मागेको छ । आइतबारको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भारतले करोडौं रकम खर्चेको सप्तकोशी उच्च बाँध परियोजनाको यथार्थ जानकारी गराउन माग गरेका हुन् ।

‘संघीय सरकारको क्षेत्राधिकारमा पर्छ भनेर प्रदेश सरकार उम्किन पाँउदैन,’ नेता कोइरालाले भने, ‘भारत सरकारले परियोजनाको विस्तृत अध्ययनका लागि कराडौं रकम विनियोजन गरेको छ । परियोजनाको बारेमा यर्थाथ यस सदनलाई सरकारले जानकारी गराउन माग गर्दछु ।’

उनले भारतले कोशी उच्च बाँधको निर्माणको लागि भनेर ७ सय करोड रुपैयाँ विस्तृत अध्ययनका लागि बजेट समेत छुट्याइसकेको अवस्थामा बाँध निर्माण भएको खण्डमा यसबाट आसपासका क्षेत्रमा ठुलो नोक्सानी हुन सक्ने तर्फ सरकारको ध्यानकर्षणसमेत गराएका थिए ।

संघीय सरकारको क्षेत्र अधिकारमा पर्ने भनेर प्रदेश सरकार आफ्नो प्रदेशभित्र निर्माण हुने यस्ता परियोजनाबाट उम्किन नहुने भन्दै कोइरालाले भने, ‘संघीयता सहकार्य र सहअस्तित्वमा आधारित व्यवस्था हो, कुनै संघीय सरकारको भातृसंस्था होइन प्रदेश सरकार, त्यसैले संघीय सरकारसंगको समन्वयमा बाँधका बारेमा प्रदेशका जनतालाई जानकारी गराउनु प्रदेश सरकारको कर्तव्य पनि हो ।’

उनले कोशी उच्च बाँध निर्माणमा तीनवटै सरकारको सरोकार रहेको भन्दै संघीय सरकारको विषय भनेर प्रदेश सरकार टुलुटुलु बसेर हेर्न नमिल्ने पनि बताए ।

प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका सचेतक शुयर्माराज राईले मोरङ पथरी शनिश्चरेमा लामो समयदेखि रहेको सुकुम्बासी समस्या हल गर्न प्रदेश सरकार गम्भीर भएर समस्या हल गर्न अग्रसर बन्न माग गरे ।

उनले पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा लामो समयदेखि जग्गाको दोहोरो स्वमित्वको विवाद कायम रहेकाले तत्काल आवश्यक कानून निर्माण गरी दीर्घकालीन रुपमा समस्या अन्त्य गर्न ध्यानाकर्षण गराए ।

बैठकमा अर्थ समितिका सभापति मोहनकुमार खड्काले समितिले तयार पारेका बार्षिक प्रतिवेदन सदनलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा