२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वयम्भु गोलीकाण्ड: गाउँपालिका अध्यक्षलाई कारवाही गर्न नेकपाको सिफारिस

२०७६, २७ श्रावण सोमबार ११:१५

साउन २७, रामेछाप । गत शुक्रबार अपराध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गर्‍यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए ।

लुटेराको अभियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नियन्त्रणमा छन् । तर, यही गोलीकाण्डसँग जोडेर चर्किएको विवादका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद मच्चिएको छ  |

स्वयम्भु गोलीकाण्डलगत्तै सत्तारुढ नेकपाले आफ्नै पार्टीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि कारवाहीको सिफारिस गरेको छ । आइतबार लिखु तामाकोशी गाउँपालिका कमिटीको बैठकले नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको हो । बैठकले एक साताभित्र जिल्ला कमिटी बैठक राखेर पालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको छ ।

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग २ करोड रुपैयाँ चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले लोप्साङ र अमृत तामाङलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गर्‍यो ।

गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई तिल्पुङकै वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको आरोप लगाए । अध्यक्ष खड्काले आफ्नै सहकर्मीमाथि लगाएको यस्तो आरोपलाई नेकपाले गम्भीरतापूर्वक लिएको नेकपाका गाउँ कमिटी संयोजक उद्धव कडरियाले बताए ।

गाउँपालिका अध्यक्ष खड्काले संगीन आरोप लगाएपछि वडाध्यक्ष बोहराले तत्कालै प्रेस विज्ञप्ति जारी गरेर आरोप प्रमाणित गर्न वा पार्टीले कारवाही गर्न चुनौती दिए । त्यस लगत्तै लिखु तामाकोशी गाउँपालिका कमिटी संयोजक कडरियाको अध्यक्षतामा नेकपाको बैठक बस्योे ।

बैठकले सर्वसम्मतरुपमा अध्यक्ष खड्कामाथि कारवाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरेको संयोजक कडरिया बताउँछन् । बैठकमा गाउँपालिका अध्यक्ष खड्काबाहेक सो गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने नेकपाका २० जना जिल्ला सदस्य तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थिति थियो ।

सबै घटनाक्रम बुझ्दा गाउँपालिका अध्यक्ष खड्काले गोलीकाण्डलाई आफ्नो रक्षाकवचका रुपमा प्रयोग गरेर उपाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई फसाउन खोजेको ठहरसहित पार्टीले तत्काल कारवाही गर्न जिल्ला कमिटीलाई गाउँपालिका कमिटीले सिफारिस गरेको अर्का पार्टी सदस्यले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !