४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वयम्भु गोलीकाण्ड: गाउँपालिका अध्यक्षलाई कारवाही गर्न नेकपाको सिफारिस

२७ श्रावण २०७६, सोमबार ११:१५

साउन २७, रामेछाप । गत शुक्रबार अपराध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गर्‍यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए ।

लुटेराको अभियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नियन्त्रणमा छन् । तर, यही गोलीकाण्डसँग जोडेर चर्किएको विवादका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद मच्चिएको छ  |

स्वयम्भु गोलीकाण्डलगत्तै सत्तारुढ नेकपाले आफ्नै पार्टीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि कारवाहीको सिफारिस गरेको छ । आइतबार लिखु तामाकोशी गाउँपालिका कमिटीको बैठकले नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको हो । बैठकले एक साताभित्र जिल्ला कमिटी बैठक राखेर पालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको छ ।

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग २ करोड रुपैयाँ चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले लोप्साङ र अमृत तामाङलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गर्‍यो ।

गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई तिल्पुङकै वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको आरोप लगाए । अध्यक्ष खड्काले आफ्नै सहकर्मीमाथि लगाएको यस्तो आरोपलाई नेकपाले गम्भीरतापूर्वक लिएको नेकपाका गाउँ कमिटी संयोजक उद्धव कडरियाले बताए ।

गाउँपालिका अध्यक्ष खड्काले संगीन आरोप लगाएपछि वडाध्यक्ष बोहराले तत्कालै प्रेस विज्ञप्ति जारी गरेर आरोप प्रमाणित गर्न वा पार्टीले कारवाही गर्न चुनौती दिए । त्यस लगत्तै लिखु तामाकोशी गाउँपालिका कमिटी संयोजक कडरियाको अध्यक्षतामा नेकपाको बैठक बस्योे ।

बैठकले सर्वसम्मतरुपमा अध्यक्ष खड्कामाथि कारवाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरेको संयोजक कडरिया बताउँछन् । बैठकमा गाउँपालिका अध्यक्ष खड्काबाहेक सो गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने नेकपाका २० जना जिल्ला सदस्य तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थिति थियो ।

सबै घटनाक्रम बुझ्दा गाउँपालिका अध्यक्ष खड्काले गोलीकाण्डलाई आफ्नो रक्षाकवचका रुपमा प्रयोग गरेर उपाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई फसाउन खोजेको ठहरसहित पार्टीले तत्काल कारवाही गर्न जिल्ला कमिटीलाई गाउँपालिका कमिटीले सिफारिस गरेको अर्का पार्टी सदस्यले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ