दलसिंह गिरी/जेठ ११, कालिकोट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/जेठ ११, कालिकोट "/>
2026-07-25 10:35 AM
राजनीति

विपदको शोकसभामा फुलमाला र अविरले रंगिए गृहमन्त्री बस्नेत

दलसिंह गिरी/जेठ ११, कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटले पत्रकारहरुलाई मोबाइल म्यासेज मार्फत दिएको जानकारी अनुसार आज विहान साढे सात बजे जिल्ला सदरमुकाम मान्ममा उपस्थित हुने भनिएका गृह मन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शक्ति बस्नेत सवा नौं बजे मात्र फिस्टेल हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम मान्ममा आइपुगे ।

जिल्ला सदरमुकाम मान्म आए लगतै जिल्ला प्रशासन कार्यालय र नेकपा माओवादी केन्द्र कालिकोटका नेता कार्यकर्ताबाट स्वागत स्वरुप खादा, फुलमाला र अविरको रंगिए । त्यस लगतै यहि जेठ ६ गते राती आएको अविरल बर्षा संगैको पहिरोमा परी ज्यान गुमाएका, ब्यपत्ता, घाईते, धनमाल क्षेतिभएका लालिघाट गेजबजारका पिडितहरुको अवस्थाबारे जानकारीका लागि जिल्ला प्रशासन कार्यालय कालिकोट द्धारा जिल्ला खेलकुद विकास समितिको कबडहलमा आयोजित शोकसभामा उपस्थित भए ।

शोक सभामा के भने त गृह मन्त्री बस्नेतले ?
जिल्ला प्रशासन द्धारा आयोजित शोक सभा कार्यक्रममा गृहमन्त्री बस्नेतले यहि जेठ ६ गते आएको बर्षा संगैको पहिरोमा परेका पिडितहरुलाई तत्काल प्रतिब्यक्ति २ बण्डलका दरले जस्तापाता उपलब्ध गराउने घोषणा गरे ।

shakti bahadur basnet

कार्यक्रममा बोल्दै बस्नेतले नेपालका हिमाली तथा पहाडी भूभागहरु बाढी, पहिरो, भुकम्प, जस्ता बिपदको बढी जोखिम क्षेत्र भएकाले यस्ता क्षेत्रमा हुने घटनामा आपत्कालिन राहत तथा उद्धारका लागि नेपालका प्रत्येक प्रदेशमा १/१ वटा आवश्यक उपकरण सहितको हेलिकोप्टरको ब्यवस्था गर्ने, नेपालका ७५ वटै जिल्लाहरुमा उद्धारकेन्द्रको स्थापना गर्ने बताएका छन् ।

मन्त्री बस्नेतले कुनै वित्तिय निकायबाट ऋण निकालेर उद्योग, ब्यापार ब्यवशाय संचालन गर्नु भएका उद्योगी तथा ब्यापारीहरुको ब्यवशाय बाढी, पहिरो, आगलागी, भुकम्प जस्ता बिपदले चौपट भएका घटनाहरु बढेकाले यसलाई न्यूनिकरण तथा पुनरस्थापन गर्न पूनरउद्धार कोषको पनि ब्यवस्थापन गर्न मन्त्रालयमा छलफल अगाडी बढाएको बताए ।

गत बर्ष सुर्खेत, बाँके, बर्दिया लगातका जिल्लाहरुमा बर्षा संगैको बाढीले भएको क्षति पश्चात नेपाल सरकारले राहत, उद्धार तथा पुनरस्थापनाका लागि निर्माण गरेको नीति तथा कार्यक्रमलाई कालिकोट लगायतका पहाडी जिल्लाहरुमा पनि लागु गर्ने र विपद न्यूनिकरणका लागि गृह मन्त्रालयले खेल्न पर्ने कुनैपनि भूमिकामा कमीहुन नदिने प्रतिवद्धता समेत ब्यक्त गरे ।

नेपालको राजनैतिक अवस्था र संविधानबारे मन्त्री बस्नेतको भनाई
नेपालको संविधान २०७२ नेपाली जनताले आफै बनाएको बताएका छन् । यो संविधान नेपाली जनताको प्रत्यक्ष सहभागितामा निर्माण भएकाले यसलाई कार्यान्वय गर्न सके नेपालका बेरोजगार यूवाहरु रोजगारका लागि खाडीमुलुकमा भौतारिनु नपर्ने बताए ।

shakti

नेपालको संविधानले हिमालको हुम्ला देखि तराईको मदेश सम्मका सबै नागरिकको सम्पूर्ण अधिकारहरु समेटेकाले कुनैपनि नागरिक राज्यबाट पाउने कुनैपनि अधिकारबाट बहिस्करणमा नपर्ने ठोकुवा गरेका छन् । नेपालका केही राजनैतिक दलहरुले समाजलाई पुरानै बाटोमा फर्काउन र नेपालको नयाँ संविधान कार्यान्वयन हुन नदिन विभिन्न किसिमका विखण्डनकारी अभिब्यक्ति गरिरहेका बताए ।

नेपालको संविधान कुनै राजनैतिक दलको मुखपत्र नभई समग्र नेपाली नागरिकको अधिकार सुनिश्चीत हुने खालको संविधान निर्माण भएकाले यसको कार्यान्वयका लागि सम्पूर्ण राजनैतिक दलहरुले एक ढिक्का भएर लाग्न पर्ने अवस्था आएको बताए । कस्तुरीले विना खोज्दै भौतारिए जस्तै आफुलाई क्रान्तिकारी भन्न रुचाउने नेपालका केही साथीहरु अर्को क्रान्तिको नाममा भौतारी रहेकाले यो अर्को क्रान्ति खोज्ने समय नभई संबिधान कार्यान्वयनमा लागि आर्थिक क्रान्तिमा लाग्न पर्ने अवस्था रहेको मन्त्री बस्नेतले बताए ।

अरु के भयो शोक सभामा ?
शोक सभा कार्यक्रममा लालिघाट बजारमा आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका रकु गाविस वडा नं. २ का मनीराम जैसी का आफन्तलाई जिल्ला दैबिक उद्धार समिति कालिकोटले गृह मन्त्री बस्नेत मार्फत नगद रु ४० हजार प्रदान गरेको छ भने रकु गाविस वडा न २ स्थायी घर भै हाल चिनमा रहेका डिल बहादुर कठायतले ब्यक्तिगत रुपले जेठ १२ गते विहान साढे ८ बजे जिल्ला प्रशासन कार्यालय कालिकोट मार्फत पहिरोमा परी मृत्यु तथा बेपत्ता भएका ७ जनाका परिवारहरुलाई नगद प्रति ब्यक्ति रु २० हजारका दरले रु १ लाख ४० हजार नगद राहत उपलब्ध गराउने घोषणा समेत गरिएको छ । यस्तै पहिरोमा परी मृत्यु भएका का परिवारलाई राहत स्वरुप नेपाल रेडक्रस शाखा कालिकोट द्धारा भाडाकुडा तथा कपडा वितरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक