२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रवि लामिछाने प्रकरणमा हाम्रो नेतृत्वको नामै किटेर गरिएको नाराबाजी स्वीकार्य छैन:नेकपा चितवन

२०७६, २ भाद्र सोमबार १०:५५

भदौ २, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवि लामिछानेका समर्थकहरूले चितवनमा गरेको प्रर्दशनप्रति आपत्ति जनाएको छ। नेकपाको चितवन जिल्ला कमिटीले सोमबार विज्ञप्ति निकालेर घटनासँग आफ्नो पार्टीको नेतृत्वको नामै किटेर प्रर्दशन गरिएको भन्दै आपत्ति जनएको हो।

‘सबै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिनेगरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन,’ जिल्ला कमिटी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ।

नेकपाले रवि लामिछानेको समर्थनमा भइरहेका प्रर्दशनमा सहभागी नहुन पनि आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ। गत साउन २० गते पत्रकार शालिकराम पुडासैनीले आफूलाई पत्रकार रवि लामिछानेलगायतले मर्न बाध्य पारेको भिडिओ खिचेर चितवनमा  आत्महत्या गरेका थिए।

सोही भिडियोको आधारमा चितवन प्रहरीले रवि लामिछानेसहित तीन जनालाई पक्रेर अनुसन्धान गरिरहेको छ। जनतासँग सिधा  कुरा कार्यक्रमका प्रस्तोता लामिछाने थुनिएपछि उनका समर्थकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को योजनामा लामिछानेलाई फसाइएको भन्दै नाराबाजी गर्ने गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !