२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रद्धारा विप्लव माथिको प्रतिबन्ध हटाउन सरकारसँग माग

२०७६, ८ भाद्र आईतवार १६:२८

भिमबहादुर बिक | भदौ ८, मोरङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले केपी ओली नेतृत्वको सरकारले नागरिकको राजनैतिक अधिकारमाथि दमन गर्ने र आस्थामाथि प्रतिबन्ध लगाएर मानवधिकारको ठाँडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

जनअधिकार अभियान नेपालद्धारा गत शुक्रबार मोरङको विराटनगरमा आयोजना गरिएको ‘वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले त्यस्तो बताएका हुन ।

अध्यक्ष किरातीले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि राजनीतिक कामहरु नै गर्न निषेध गर्ने, पार्टीप्रति आस्था राखेकै आधारमा नेता, कार्यकर्ताहरुको गिरफ्तारी गर्ने र आतंक सिर्जना गर्ने काम गरेको भन्दै त्यस्ता कदमहरु सच्याउनुपर्नेमा जोड दिए ।

विप्लव नेकपामाथि सरकारले लगाएको प्रतिबन्धबारे आफ्नो पार्टीको तर्फबाट विरोध जनाउँदै उनले नागरिकको अभिक्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता र मानवअधिकारको विषयमा सरकारलाई गम्भिर बन्न आग्रह गरे ।

उनले राजनैतिक आस्थाकै कारण राज्यले विप्लव नेतकपाका नेता, कार्यकर्ताहरुको गिरफ्तारी नरोकेको भन्दै विरोध जनाए । गिरफ्तार नेताहरुको रिहाई गरेर राजनैतिक हिसावले समस्याको समाधान खोज्नुपर्नेमा उनको जोड थियो ।

उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता पछिल्लो समय संकटमा पर्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसप्रति सबै पक्षहरु सजग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कम्युनिस्ट सरकारका नाममा ओली सरकारले कम्युनिस्टलाई दबाउने र अन्य लोकतान्त्रिक शक्तिहरुलाई समेत विभिन्न विधेयक र ऐन कानुन बनाएर धरापमा पार्न खोजेको बताए आरोप लगाए ।

उनले सरकारले मिडिया काउन्सिल विधेयक, आम सञ्चार सम्बन्धीको विधेयक, राष्ट्रिय सुरक्षा र मानवअधिकारको विधेयक पारित गरिए लोकतान्त्रिक नेपाललाई पञ्चायतकालमा फर्काउने संकेत गरेको समेत लगाए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिलेको सरकार निरङ्कुश बन्न खोजेको भन्दै विप्लवमाथि राज्यले माथि लगाएको प्रतिबन्धको विरोध गरे ।

त्यस्तै समाजबादी पार्टीका नेता रामरिजन यादव, वरिष्ठ पत्रकार नरेन्द्रजंङ्ग पिटर, बरिष्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवति, जनअधिकार अभियान नेपालका उपाध्यक्ष देवबहादुर पौडेल, ईन्सेक प्रदेश संयोजक सोमबहादुर थापा लगायतले समेत बोलेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्वव तिमिल्सिना, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेल, जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे लगायतले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाका विषयमा आफ्नो धारणा राखेका थिए ।

जनअधिकार अभियान नेपालका अध्यक्ष एवं बरिष्ठ अधिवक्ता एकराज भण्डारीद्धारा प्रस्तुत कार्यपत्रमाथि कार्यक्रममा छलफल चलेको थियो । अभियान नेपालका राम भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए भने सरला रेग्मीले धन्यवाद मन्तव्य राखेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !