१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रद्धारा विप्लव माथिको प्रतिबन्ध हटाउन सरकारसँग माग

८ भाद्र २०७६, आईतवार १६:२८

भिमबहादुर बिक | भदौ ८, मोरङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले केपी ओली नेतृत्वको सरकारले नागरिकको राजनैतिक अधिकारमाथि दमन गर्ने र आस्थामाथि प्रतिबन्ध लगाएर मानवधिकारको ठाँडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

जनअधिकार अभियान नेपालद्धारा गत शुक्रबार मोरङको विराटनगरमा आयोजना गरिएको ‘वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले त्यस्तो बताएका हुन ।

अध्यक्ष किरातीले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि राजनीतिक कामहरु नै गर्न निषेध गर्ने, पार्टीप्रति आस्था राखेकै आधारमा नेता, कार्यकर्ताहरुको गिरफ्तारी गर्ने र आतंक सिर्जना गर्ने काम गरेको भन्दै त्यस्ता कदमहरु सच्याउनुपर्नेमा जोड दिए ।

विप्लव नेकपामाथि सरकारले लगाएको प्रतिबन्धबारे आफ्नो पार्टीको तर्फबाट विरोध जनाउँदै उनले नागरिकको अभिक्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता र मानवअधिकारको विषयमा सरकारलाई गम्भिर बन्न आग्रह गरे ।

उनले राजनैतिक आस्थाकै कारण राज्यले विप्लव नेतकपाका नेता, कार्यकर्ताहरुको गिरफ्तारी नरोकेको भन्दै विरोध जनाए । गिरफ्तार नेताहरुको रिहाई गरेर राजनैतिक हिसावले समस्याको समाधान खोज्नुपर्नेमा उनको जोड थियो ।

उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता पछिल्लो समय संकटमा पर्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसप्रति सबै पक्षहरु सजग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कम्युनिस्ट सरकारका नाममा ओली सरकारले कम्युनिस्टलाई दबाउने र अन्य लोकतान्त्रिक शक्तिहरुलाई समेत विभिन्न विधेयक र ऐन कानुन बनाएर धरापमा पार्न खोजेको बताए आरोप लगाए ।

उनले सरकारले मिडिया काउन्सिल विधेयक, आम सञ्चार सम्बन्धीको विधेयक, राष्ट्रिय सुरक्षा र मानवअधिकारको विधेयक पारित गरिए लोकतान्त्रिक नेपाललाई पञ्चायतकालमा फर्काउने संकेत गरेको समेत लगाए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिलेको सरकार निरङ्कुश बन्न खोजेको भन्दै विप्लवमाथि राज्यले माथि लगाएको प्रतिबन्धको विरोध गरे ।

त्यस्तै समाजबादी पार्टीका नेता रामरिजन यादव, वरिष्ठ पत्रकार नरेन्द्रजंङ्ग पिटर, बरिष्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवति, जनअधिकार अभियान नेपालका उपाध्यक्ष देवबहादुर पौडेल, ईन्सेक प्रदेश संयोजक सोमबहादुर थापा लगायतले समेत बोलेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्वव तिमिल्सिना, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेल, जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे लगायतले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाका विषयमा आफ्नो धारणा राखेका थिए ।

जनअधिकार अभियान नेपालका अध्यक्ष एवं बरिष्ठ अधिवक्ता एकराज भण्डारीद्धारा प्रस्तुत कार्यपत्रमाथि कार्यक्रममा छलफल चलेको थियो । अभियान नेपालका राम भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए भने सरला रेग्मीले धन्यवाद मन्तव्य राखेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ