२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘लामिछाने सहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्छ’

९ भाद्र २०७६, सोमबार ०६:४६

भदौ ९, चितवन (रासस) | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको  कुराकानीमा उहाँले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले  जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो  । 

नेता पौडेलले भन्नुभयो, “सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।” पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टीभित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

नेता पौडेलले  भन्नुभयो, “राजनीतिमा सबै कुरा सबैले एकैनास बोल्छ भन्ने हुँदैन पक्ष–विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन ।” 

फरक प्रसङ्गमा उहाँले सरकार र यहाँको न्याय प्रणालीप्रति जनतामा अविश्वास  बढ्दै गएको बताउनुभयो । कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणित गरेको नेता पौडेलको भनाइ थियो । लामिछानेसहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्नेमा जोड दिँदै उहाँले  यो विषय न्यायालयमा पुगिसेकाले न्यायोचित छानबिन हुने अपेक्षा गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो