२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सनातन धर्म, संस्कृति र परम्परामाथिको आक्रमणका विरुद्ध एकजुट हुनुपर्छ : कमल थापा

२०७६, ११ भाद्र बुधबार ११:५३

भदौ ११, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन र धर्म परिवर्तनको निशानामा सनातन धर्म, मुल्य मान्यता, परम्परा र रितीरिवाज पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले हरितालिका तिजको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले जनस्तरमा मौलिक संस्कृति र परम्पराको रक्षा गर्ने चेतनाको बढोत्तरी हुनु सन्तोषजनक अवस्था रहेतापनि देश र सनातन धर्मका लागि आवश्यक परे आन्दोलनको स्वरुप दिनुपर्ने अवस्था आउने भन्दै त्यसका लागि तयार रहन महिलाहरुलाइ अपिल गर्नुभएको छ ।

अध्यक्ष थापाले नेपालका हरेक चाडपर्वको आ–आफ्नै विशिष्टता रहेको र हरितालिका तिजको महत्व आधुनिक परिवेशमा झनै उल्लेख्य रहेको बताउनुभयो । तिज रमाइलो गर्ने विषय मात्रै नभएर नारी मुक्तिको सन्देश प्रवाह गर्ने एउटा सशक्त आन्दोलन पनि भएको प्रष्ट पार्दै अध्यक्ष थापाले महिलाहरुले दुःख पीडा साट्ने पर्वको रुपमा यसको विशिष्टता रहेको बताउनु भएको छ । तिज पर्व केवल हिन्दुहरुको मात्रै नरहेको बताउँदै अध्यक्ष थापाले नेपालको सबै जातजाति, भाषा, संस्कृति भएका, हिन्दु बौद्ध जस्ता सनातन धर्म मान्नेहरुको साझा सांस्कृतिक पर्वको रुपमा रहेको स्पष्ट पार्नुभयो ।

देशमा केही समय यता धर्म परिवर्तनले डरलाग्दो अवस्था सिर्जना गरेको र यसलाई समयमै सम्बोधन नगर्ने हो भने धार्मिक द्वन्द्वको खतरा बढ्न सक्नेमा सचेत रहनुपर्नेमा पनि अध्यक्ष थापाले जोड दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता दिपक वोहराले सनातनदेखि कायम रहेको धार्मिक सहिष्णुता जोगाइराख्न तीज पर्वको आफ्नै विशिष्ट महत्व रहेको चर्चा गर्दै हिन्दु राष्ट्र पुनस्र्थाना गरेर राष्ट्रिय पहिचान जोगाउन राप्रपा प्रतिवद्ध रहेको बताउनुभयो ।

सम्बोधनकै क्रममा पार्टीका सहायक महामन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाहीले धर्म, संस्कृति र परम्परामाथि निरन्तर आक्रमण भइरहेकोले राष्ट्रिय पहिचानलाई जोगाउन सबै महिलाहरु एकजुट हुनुपर्ने अवस्था आइसकेको बताउँदै यो आन्दोलनलाई परिणाममुखी बनाउन राप्रपाको झण्डामुनी गोलबद्ध हुन आम महिलावर्गलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं राप्रमसंका सह अध्यक्ष निना भेटवाल, केन्द्रीय सदस्य एवं राप्रमसं ३ नं. प्रदेश समितिका अध्यक्ष नानु नगरकोटी, राप्रमसंका सचिबद्वय मिरा खनाल कुँवर, सरला वि.क. लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

राप्रमसंमा समाहित भई पार्टी र संगठनलाई योगदान पु‍¥याएका १२ जना महिलाहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनुहुने महिलाहरुमा पूर्व सभासद् सरोज शर्मा, मानकुमारी मल्ल, गंगा वि.क., कविता शाह, जानकी न्यौपाने, चन्द्रकला गुरुङ, अम्विका थापा, देवकुमारी पराजुली, सुकु लामा, सिता थापा, कल्पना वसेल, बुद्धमाया पुतुवार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !