१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको अन्तरपार्टी निर्देशन–२ जारीः के छ निर्देशन २ मा ?

१३ भाद्र २०७६, शुक्रबार १५:२४

भदौ १३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आज जारी गरिएको निर्देशन–२ मा गत जेठ २ देखि यही भदौ ५ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकका निर्णयका आधारमा निर्देशन–२ जारी गरिएको जनाइएको छ ।  निर्देशन–२ मा निर्णयको महत्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न र आआफ्नो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत अध्यक्ष दाहालले निर्देशन दिनुभएको छ । 

यसअघि नेकपाले पार्टी एकता सम्पन्न भएपछि केन्द्रीय कमिटी, स्थायी कमिटी र  सचिवालयका निर्णयका आधारमा अन्तरपार्टी निर्देशन–१, विशेष परिपत्र–१, २, ३ र ४ जारी गरेको थियो । निर्देशन २ मा देशव्यापी रुपमा नेकपाले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ । ‘‘पार्टीले समस्त नेता, कार्यकर्ता एवम् सदस्यलाई जनतासंग जोड्ने र आम समुदायलाई सरकारद्वारा संञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसंग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने छ ।’’ अध्यक्ष दाहालद्वारा जारी गरिएको निर्देशन–२ मा भनिएको छ । 

निर्देशन–२ मा २२  जनवर्गीय सङ्गठनको एकता, केन्द्रीय सदस्यको कार्यविभाजन, वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी केन्द्रीय उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय, जिल्ला कमिटीहरुको एकीकरणका सम्बन्धमा, केन्द्रीय सदस्य मनोनयन, अनुशासन पालना र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरिएका निर्णय छन् । 

निर्देशनमा पार्टी एकता तीन महिनामा सक्ने भनिए तापनि अपेक्षा गरेभन्दा बढी नै समय लिएको उहाँले उल्लेख गर्नुभएको छ । ‘‘हामीले एकताका बाँकी कामहरु तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियाँै । राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँनयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता–एकीकरणका बाँकी काम सम्पन्न गर्न हाम्रो उत्कृष्ट चाहनासमेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकताका बाँकी काम सम्पन्न गर्न सम्भव भएन’’, निर्देशनमा भनिएको छ, ‘‘ अपेक्षा गरेभन्दा बढी नै समय लिएर मूलतः सहमति र समझदारीका साथ एकताको काम अघि बढेको छ र अन्तिम चरणमा पुगेको छ । हामी छिट्टै एकताको बाँकी काम सम्पन्न गर्ने छौँ । चाँडै पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं ।’’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग