२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको अन्तरपार्टी निर्देशन–२ जारीः के छ निर्देशन २ मा ?

२०७६, १३ भाद्र शुक्रबार १५:२४

भदौ १३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आज जारी गरिएको निर्देशन–२ मा गत जेठ २ देखि यही भदौ ५ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकका निर्णयका आधारमा निर्देशन–२ जारी गरिएको जनाइएको छ ।  निर्देशन–२ मा निर्णयको महत्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न र आआफ्नो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत अध्यक्ष दाहालले निर्देशन दिनुभएको छ । 

यसअघि नेकपाले पार्टी एकता सम्पन्न भएपछि केन्द्रीय कमिटी, स्थायी कमिटी र  सचिवालयका निर्णयका आधारमा अन्तरपार्टी निर्देशन–१, विशेष परिपत्र–१, २, ३ र ४ जारी गरेको थियो । निर्देशन २ मा देशव्यापी रुपमा नेकपाले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ । ‘‘पार्टीले समस्त नेता, कार्यकर्ता एवम् सदस्यलाई जनतासंग जोड्ने र आम समुदायलाई सरकारद्वारा संञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसंग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने छ ।’’ अध्यक्ष दाहालद्वारा जारी गरिएको निर्देशन–२ मा भनिएको छ । 

निर्देशन–२ मा २२  जनवर्गीय सङ्गठनको एकता, केन्द्रीय सदस्यको कार्यविभाजन, वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी केन्द्रीय उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय, जिल्ला कमिटीहरुको एकीकरणका सम्बन्धमा, केन्द्रीय सदस्य मनोनयन, अनुशासन पालना र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरिएका निर्णय छन् । 

निर्देशनमा पार्टी एकता तीन महिनामा सक्ने भनिए तापनि अपेक्षा गरेभन्दा बढी नै समय लिएको उहाँले उल्लेख गर्नुभएको छ । ‘‘हामीले एकताका बाँकी कामहरु तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियाँै । राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँनयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता–एकीकरणका बाँकी काम सम्पन्न गर्न हाम्रो उत्कृष्ट चाहनासमेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकताका बाँकी काम सम्पन्न गर्न सम्भव भएन’’, निर्देशनमा भनिएको छ, ‘‘ अपेक्षा गरेभन्दा बढी नै समय लिएर मूलतः सहमति र समझदारीका साथ एकताको काम अघि बढेको छ र अन्तिम चरणमा पुगेको छ । हामी छिट्टै एकताको बाँकी काम सम्पन्न गर्ने छौँ । चाँडै पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं ।’’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !