२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-मालदिभ्स सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने

२०७६, १६ भाद्र सोमबार १८:०५

भदौ १६, काठमाडौँ | मालदिभ्सको राजधानी मालेमा भोलिदेखि शुरु हुने हिन्द महासागर सम्मेलनमा भाग लिन तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह सइदसँग भेटवार्ता गर्नुभयो ।

त्यसअवसरमा उहाँहरुबीच व्यापार, पर्यटन, जलवायु परिवर्तनका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मञ्चमा सहयोग बढाउने विषयसहित पारस्परिक विविध मामिलामा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राससलाई बताउनुभयो । 

नेपाल र मालदिभ्सबीच विद्यमान अत्युत्तम सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले त्यसलाई नयाँ उचाइमा पुर्याउन सहमति जनाउनुभएको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो । पहाड र समुद्रबीच मूलभूत रुपमा सम्बन्ध रहेको सन्दर्भ कोट्उँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तनले ल्याएका चुनौती सामना गर्न पहाडी देश र टापु राज्यहरुबीचको सहकार्यमा जोड दिनुभएको थियो । मन्त्री ज्ञवालीले आगामी चैतको तेस्रो साता नेपालमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन मालदिभ्सका विदेशमन्त्रीलाई गर्नुभएको आमन्त्रण उहाँले स्वीकार गर्नुभएको पनि प्रवक्ता पौड्यालले बताउनुभयो । 

नेपाली नागरिकलाई मालदिभ्समा रोजगारीका अवसर प्रदान गरेकामा मालदिभ्स सरकारप्रति मन्त्री ज्ञवालीले हार्दिक आभार प्रकट गर्नुभएको थियो भने प्रत्युत्तरमा मन्त्री सइदले मालदिभ्सका विद्यार्थीलाई नेपाल सरकारले चिकित्साशास्त्र अध्ययनको अवसर जुटाइदिएकामा धन्यवाद ज्ञापन गर्नुभयो । 

प्रवक्ता पौड्यालका अनुसार पर्यटन क्षेत्रका सम्भावना र त्यसको विशिष्टता दर्शाउँदै दुवै देशका परराष्ट्रमन्त्रीले राष्ट्रिय अनुभवका आधारमा त्यसलाई प्रवद्र्धन गर्न सहमति जनाउनुभएको छ । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ जोड्दै अधिकभन्दा अधिक मालदिभ्सका नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्न आग्रह गर्नुभएको थियो । सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली आजै बिहान माले पुग्नुभएको हो । भोलि उहाँले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !