१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंगापुरबाट प्रधानमन्त्री र मन्त्रीबिच दोस्रो पटक भिडिओ कन्फरेन्स

१७ भाद्र २०७६, मंगलवार ०८:५८

भदौ १७, काठमाडौँ | सिंगापुरमा उपचार गराइराखेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीहरूसँग भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीले मंगलबार दिउँसो १:१० बजेदेखि मन्त्रीहरूसँग कुराकानी गरेका हुन् |

रिमालले प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच भइराखेको कुराकानीको फोटो ट्वीट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नु भयो। उहॉले आफ्नो उपचारबारे जानकारी दिनुहुने र मन्त्रीज्यूहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्नुहुने योजना रहेको छ।’

विदेशमा बसेर नेपालको मन्त्रिपरिषद् बैठक चलाउन नमिल्ने भन्दै आलोचना भएको थियो | सत्तारूढ र प्रतिपक्षी नेताले संसददेखि सामाजिक सञ्जालमा विरोध जनाएका थिए। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पछि संसदमा प्रधानमन्त्रीसँग भएको उक्त भिडिओ कन्फरेन्स क्याबिनेट बैठक नभएको जिकिर गरेका थिए | यसपालि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले भिडिओ कन्फरेन्स छलफलमात्र भएको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग