१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाको आग्रह, प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्

१८ भाद्र २०७६, बुधबार ०८:५८

भदौ १८, काठमाडौँ | बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम गर्न दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन् | 

उनले  प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमा जानकारी  नगराइएको प्रति आपति जनाएका छन् | सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका नेताहरू भएको उल्लेख गर्दै उनले बिरामी भएका प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले भने, ‘कार्यकारी प्रमुख एकैपटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा कूटनीतिक मर्यादा जोखिमको प्रश्न छँदैछ। भिडिओबाट मन्त्रीसँग कुरा गरेर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।’

प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिंगापुरमा छन्। १२ वर्षअघि  मिर्गौला प्रत्यारोपण गरेका ओलीमा अहिले मिर्गौलासम्बन्धी एन्टिबडी बढी भएको छ | गत साउनमा उनी पहिलो पटक उपचारका लागि सिंगापुर गएका थिए। पहिला  थाइल्याण्डको बैंककमा नियमित फ्लोअप गराइरहेका प्रधानमन्त्रीले सिंगापुरमा औषधी परिवर्तन गरेका थिए।

उक्त औषधीको असरले बिरामी हुन थालेपछि उनी फेरि भदौ ५ गते  सिंगापुर गएका हुन्। प्रधानमन्त्री लामो समय विदेश भएकाले उनले भिडिओ कन्फ्ररेन्सबाट मन्त्रीहरूसँग छलफल गर्ने गरेका छन् । प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। उनलाई भेट्न नेकपा महासचिव बिष्णु पौडेल मंगलबार सिंगापुर गएका छन्। ओलीले सचिवालय सदस्य वामदेव गौतमलाई पनि सिंगापुर बोलाएका छन्। गौतम बुधबार सिंगापुर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी