२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

२०७६, २२ भाद्र आईतवार ०५:०३

भदौ २२, काठमाडौँ | चिनियाँ विदेशमन्त्री वाङ् यी आज नेपाल आउँदै छन् | दिउँसो साढे ४ बजे चार्टड विमानबाट काठमाण्डौं अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका विदेशमन्त्री वाङ् मंगलबार दिउँसोसम्म नेपालमा रहने कार्यतालिका रहेको छ |

आइतबार नेपाल अवतरण गरेता पनि वाङको राजनीतिक भेटवार्ता सोमबारदेखिमात्रै सुरु हुने परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ | नेपालमा रहँदा विदेशमन्त्री वाङ्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेटघाट गर्नेछन् |

सोमबार नै नेपाल-चीन वार्ता हुने र सो वार्तामा केही महत्वपूर्ण सम्झौता र समझदारीपत्रमा हस्ताक्षरसमेत हुन सक्नेछ | परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ विदेशमन्त्री वाङ्को नेपाल बसाईंका क्रममा नेपाल र बीचको आर्थिक एवम् विकास साझेदारीलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल हुने जानकरी दिए |

वाङ नेपालमा रहेका बेला चिनियाँ राष्ट्रपति सि जिङपिनको नेपाल भ्रमणका बारेमा पनि कुराकानी हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !