२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँदरले आतंक मच्चायो सरकारले संरक्षण केन्द्र बनाओस्: सांसद अधिकारी

२०७६, २५ भाद्र बुधबार ०९:००

भदौ २५, काठमाडौँ | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले गोरखाको फुजेललगायत गाउँमा बाँदर नियन्त्रण गर्न माग गरेका छन् | बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद अधिकारीले बाँदर आतंकले गर्दा मानिस घाइते भएको पनि बताए। 

‘मेरो निर्वाचन क्षेत्र गोरखा १ का विभिन्न गाउँमा बाँदर आतंक छ । फुजेलमा मात्रै ३२ जना घाइते भए । उनीहरूको उपचारमा २० र २५ हजार रूपैंयाँदेखि दुई लाखसम्म लागेको छ,’ उनले भने । सांसद अधिकारीले बाँदर नियन्त्रणका लागि सरकारले संरक्षण केन्द्र बनाउनुपर्ने माग गरेका छन् । ‘बाँदर संरक्षण केन्द्र बनाउनुपर्छ,’ उनले भने, ‘मानिसहरू घाइते भए। बालीनाली र फलफूल सखाप भयो।’

बूढीगण्डकी जलविद्युत प्रभावित क्षेत्र गोरखा आरूघाट, आर्खेत र धादिङतर्फ खहरे बजारको मुआब्जा निर्धारण गरी वितरण छिटो गर्न माग पनि उनले गरे | ‘धेरैपटक मुआब्जाको कुरा उठिसकेको छ तर तोकेर वितरण भने भएको छैन,’ उनले भने, ‘छिटो मुआब्जा वितरण गर्नुपर्‍यो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !