१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले गर्यो संसदमा नाराबाजी

३० भाद्र २०७६, सोमबार १०:१०

भदौ ३०, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ | बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले केही दिनअघि बाँकेमा कांग्रेस कार्यक्रम आक्रमण गरी जिल्ला सभापति किरण कोइरालाको हात भाँच्ने तीन जनाविरूद्धको उजुरी दर्ता गरी उनीहरूलाई कारबाही हुनुपर्ने बताएकी थिइन्।

उनले बोलिसकेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद नन्दलाल रोकायले बोलेका थिए। बाँके-३ का सांसदसमेत रहेका रोकायले घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको भन्दै अहिले उजुरी परेकाहरूलाई कारबाही भए आफूहरू पनि आन्दोलनमा जाने बताएका थिए।

रोकायको भनाइ सकिन नपाउँदै कांग्रेस सांसदहरू सिटबाट उठेका थिए। केहीबेरमा उनीहरूले रोष्ट्रम घेरेर नाराबाजी गरे। सभामुख कृष्णबहादुर महराले सांसद भुषाल र रोकायले बोलेकोबारे सरकारलाई केही भन्छु, बस्नुस् भन्दा पनि उनीहरूले नाराबाजी जारी राखेका छन्।

यसअघि कांग्रेसले आइतबारको संसद अवरूद्ध गरेको थियो। आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा बाँके घटनाबारे छलफल गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग