२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा मन्त्री नै उपस्थित भएनन्

२०७६, १० आश्विन शुक्रबार ०६:२०

असोज १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयगत समीक्षा बैठक राखे पनि बैठकमा महत्वपूर्ण मन्त्रलायका मन्त्रीहरु नै उपस्थित भएनन् | संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन गएको भनिएका उपप्रधानमन्त्री उपेन्द्र यादव अमेरिकामा छन् | 

त्यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। उनी श्रीमती सरस्वती ज्ञवालीका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको रिसेप्सनमा समेत सहभागी भए |

राष्ट्रसंघ महासचिवको अध्यक्षतामा हुने जलवायु सम्बन्धी सम्मेलनमा भाग लिन वन मन्त्री शक्ति बस्नेत पनि अमेरिकामै रहेका छन् | मन्त्री बस्नेतसँग उनकी श्रीमती सत्या पहाडी सहभागी छिन् | त्यस्तै उर्जा मन्त्री वर्षमान पुन नलसिंहगाढ जलविद्युत आयोजनाको लगानी जुटाउन जाइकाको निमन्त्रणमा जापान गएको प्रेस संयोजक रोशन खड्काले बताए | त्यस्तै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको महासभामा भाग लिन मोन्ट्रियल पर्यटन मन्त्री योगेश भट्टराई क्यानडामा छन् |

स्वदेशमै भएका मन्त्रीहरु पनि प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा सहभागी भएनन् | अर्थमन्त्री युवराज खतिवडा तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा सहभागी हुन रुपन्देही पुगेका थिए। खानेपानी मन्त्री बिना मगर निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगिन् | मन्त्रीहरू समीक्षा बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले सैद्धान्तिक निर्देशन मात्र दिएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !