2026-07-09 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मधेशमा ५ सय वटा बुढानिलकण्ठ शैलिको विद्यालय खोल्नु पर्छ’ – संयोजक मिश्र

महेश सिंह | असोज ११, लहान | साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जनताले साथ दिएकै कारण पार्टी तेस्रो रुपमा स्थापित भएको दाबी गरेका छन् । प्रदेश २ अन्तर्गत सिरहा जिल्लाको गोलबजार मै पहिलोपटक यस्तो कार्यक्रम सम्पन्न गर्न सफल भएका छौं ।

जिल्ला संयोजक घोषणा तथा नागरिक संवोधन कार्यक्रमलाई गोलबजारमा सम्बोधन गर्दै संयोजक मिश्रले प्राविधिक रुपमा पाँचौ स्थानमा भएपनि राजनीतिक रुपमा तेस्रो स्थानमा भएको बताए । न त पार्टीको आफनै कार्यालय थियो । न त संगठन नै निर्माण भएको थियो,’ संयोजक मिश्रले भने– ‘यस्तो अवस्थामा तीन वटा निर्वाचनमा पुराना पार्टीलाई पछि पार्दै हाम्रो पार्टी पाँचौ स्थानमा आयो । यो जनताको ठूलो साथ हो भनेर म बुझद छु ।


गुणस्तरहीन स्कुलबाट उत्पादन भएका ती बालबालिकाले कसरी मधेशलाई कसरी उकासन सकिन्छ त्यसलाई मध्य नजर गर्दे मधेशका मसिहा भनेर चिनिने मसिहाहरुले जनताको भावना बुझन सकेन बरु त्यो भन्दा बढी हामीले बुझेका छौ । जनताको भावना बुझनको लागी मधेशमा ५ सय बुढानिलकण्ठ शैलिको विधालय स्थापना गर्न आवश्यक देखिन्छ । 

परम्परागत शैलिमा चल्ने ठूला पार्टीको पद्धतीका कारण देशमा वेरोजगार, भ्रष्ट्राचार बढ्दै गएको भन्दै संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता प्रमुख अभियान भएको तर्क अघि सारे । आफुहरु सत्ता प्राप्ती भन्दा पनि पार्टीले अघि सारेका एजेन्डाको न्यायको पक्षमा रहेको उनले बताए ।

सामान्य नागरिक देखि प्रवुद्ध व्यक्तिसंगको छलफललाई चलायमान र गतिशिल बनाउन राजनीतिक भुँइ यात्राको अभियान सुरु गरेको भन्दै संयोजक मिश्रले भातृ संगठनका रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन निर्माण गर्ने बताए । अन्य राजनीतिक पार्टी जस्तो, शिक्षक, वकील, इन्जिनियर, पत्रकार, डाक्टर, कर्मचारी लगाएतका संगठन नखोल्ने बताए ।


फरक प्रसंगमा संयोजक मिश्रले भने संविधानलाई नाघेर हिंसात्मक गतिविधिमा लागेको विप्लव माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु स्वभाविक भएको बताए । हिसांत्मक गतिविधि र बम विष्फोट गराउनु शान्ति विरोधी गतिविधि भएको उनले बताए ।

धेरै लामो त्याग बलिदानी पछि देशमा आएको संघियता, धर्मनिरीपेक्षता र गणतन्त्रको तत्काल उपलब्धी खोज्ने बेला नभएको भन्दै कार्यान्वयनको चरणमा भएकाले संस्थागत हुन अझै केहि समय लाग्ने संयोजक मिश्रले बताए । कार्यक्रम बिच सिरहा जिल्ला संयोजकमा धनपैत यादवलाई माटोको टिका लगाई संयोजकमा चयन गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो