१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

जमुनाह–हिल्सा द्रुतमार्ग निर्माणका लागि बाँकेवासीको चासो

२५ आश्विन २०७६, शनिबार १०:००

असोज २५, बाँके | चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका अवसरमा जमुनाह–हिल्सा द्रुतमार्ग निर्माणका लागि बाँकेका उद्योगी व्यवसायीले चासो देखाएका छन् । उक्त द्रुतमार्ग निर्माणका लागि पहिलो चरणको सम्भाव्यता अध्ययन गरिसकेकाले पनि यहाँका व्यवसायी यस विषयमा सम्झौता हुनेमा आशावादी भएका छन् । 

पश्चिमको विकासका लागि जमुनाहदेखि हिल्सासम्मको द्रुतमार्गको सम्झौता हुनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष आदेश अग्रवाल बताउनुहुन्छ । उक्त द्रुतमार्ग निर्माणसँगै नेपालगञ्जको भविष्यसमेत उज्ज्वल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “वास्तवमा सरकारले पश्चिमलाई हेला नगरेको हो भने जमुनाह–हिल्सा द्रुतमार्गको सम्झौता गर्नुपर्दछ ।”

कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा यो द्रुतमार्गलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेकाले पनि यहाँका व्यवसायी सम्झौता हुनेमा बढी आशावादी भएका हुन् । 

होटल व्यवसायी महासङ्घका अध्यक्ष भीमलाल कँडेल उक्त द्रुतमार्ग निर्माणका लागि  सम्झौता भए कर्णाली प्रदेशसँगै नेपालगञ्जको आर्थिक कारोवार बढ्ने बताउनुहुन्छ । “अहिले नेपालगञ्जका कार्यालय प्रदेश राजधानी बुटवलमा सारिएकाले व्यावसायिकरुपमा नेपालगञ्ज सुनसानजस्तै भएको छ तर उक्त द्रुतमार्ग सञ्चालनमा आयो भने नेपालगञ्ज फेरि ब्युझिनेछ ।”

उक्त दुरतमार्गको प्रारम्भिक अध्ययन पूरा भइसकेको छ । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे इञ्जिनीयरिङ कम्पनी (सीआइइसी) को प्राविधिक टोलीले चार महीना लगाएर प्रारम्भिक अध्ययन गरेको थियो । सो दु्रतमार्ग निर्माण भए त्रिदेशीय सडक सञ्जाल जोडिनाका साथै  भारत र चीनसँग पनि सडकमार्ग विस्तार हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी