१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई (११ तश्वीर हेर्नुहोस)

२५ आश्विन २०७६, शनिबार १३:३३

असोज २५, काठमाडौँ | दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ ।  त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो । 

अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए ।  सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका थिए । 

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्नुहुँदै । तस्वीरः नवीन पौडेल

उहाँलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो । तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उहाँको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो । 

राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो । उहाँ त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारी मार्गलाई खाली गरिएको थियो । 

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरःरत्न श्रेष्ठ

चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा  ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका  ब्यानर र स्वागतद्वार बनाइएका थिए । स्वागतका लागि जम्मा भएका कर्मचारी र सर्वसाधारण राष्ट्रपति सी आउनुअघि दुवै देशको झण्डासहितको तस्वीर खिंच्न व्यस्त थिए । उहाँ आउनुअघि सडकको धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको थियो । राष्ट्रपति सीको स्वागतपछि सर्वसाधारणले बेहुलीझैं सिँगारिएको माइतीघरमण्डलमा सेल्फी  खिंच्न व्यस्त देखिन्थे । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी आजदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आउनुभएको हो । रासस 

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै ।  तस्बिरः नवीन पौडेल


चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो । तस्वीरः रत्न श्रेष्ठ

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै ।  तस्बिरः नवीन पौडेल

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना ।  तस्बिरः नवीन पौडेल

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः नवीन पौडेल

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीरः प्रदीपराज वन्त, रासस

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चकन्याद्वारा स्वागत गरिँदै । तस्बिरः नवीन पौडेल

चीनका राष्ट्रपति सी चिनफिङको शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो । तस्वीरः नारायण ढुङ्गाना

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी