१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२५ आश्विन २०७६, शनिबार १५:३३

असोज २५, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । 

शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । एस अघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी थिइन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार शितलनिवासमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरेकी थिइन् । उनले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीको सम्वोधनपछि सीले चीनले नेपाल भ्रमण वर्ष २०२०का लागि सहयोग गर्ने समेत बताएका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने सीले घोषणा गरे ।


दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु अनुसार  सुरुआती खानाको रुपमा बारा, म:म र लुक्लाको सीमीसँगै भटमास साँधेको राखिएको छ । यस्तै कुरिलो र क्वाँटीको रस तयार पारिएको छ । 

मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ । यसको सट्टा यस्तै इलामको चिया र गुल्मीको कफि पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी