२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरआवासीय नेपालीहरुलाई डा.महतको आग्रह

२०७६, २७ आश्विन सोमबार ०९:२३

असोज २७, काठमाडौँ | नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

गैरआवासीय नेपाली सङ्घको महाधिवेशनका लागि हाल काठमाडौँमा रहेका गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिहरुलाई आज आफ्नो निवासमा आयोजना गरेको जलपानमा सहमहामन्त्री डा.महतले सो आग्रह गर्नुभएको हो । 

हाल संसारको जुनसुकै देशमा रहेको भए पनि सबैभन्दा पहिला आफू नेपाली हूँ भन्ने पहिचानलाई नभुली मातृभूमिप्रतिको दायित्वप्रति सदैव सजग रहन उहाँले आग्रह गर्नुभयो । विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका क्रममा संसारभर रहेका नेपालीहरुको ती देशमा पनि विशिष्ठ पहिचान रहेको प्रसङ्ग उल्लेख गर्दै आफूले ती देशमा रहँदा आर्जन गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सकेमा देश विकासमा ठूलो टेवा पुग्ने डा.महतले बताउनुभयो । 

संसारका विभिन्न देशमा अध्ययन होस् या पेसा र व्यवसाय गर्दा होस् नेपालीहरुले आफ्नो योग्यता र क्षमताका आधारमा विशिष्ठ पहिचान बनाएका र यसले नेपालको शिर उँचो राख्न र नेपाललाई विश्वमा चिनाउन सघाउ पुगेको धारणा उहाँले राख्नुभयो । 

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रामशरण महत, प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेलगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

जलपानमा गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्षहरु जिवा लामिछाने र शेष घलेसहित पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा