२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा विप्लब नेकपाको बैठकस्थलमा प्रहरीको छापा, विप्लबका दाजु सहित २१ नेता पक्राउ

२०७६, ३० आश्विन बिहीबार ०५:४५

असोज ३०, दाङ | दाङमा बिहिबार बिहान चन्द नेतृत्वको नेकपाको गोप्य बैठकस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सो नियन्त्रणका क्रममा नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थलबाट २१ नेताहरुलाई पक्राउ गरेको छ ।

दाङको राजपुर गाउँपालिका-४ मुग्रेठा खोलास्थित जंगलको बीचमा विप्लब नेतृत्वको नेकपाको मध्यपश्चिम कमाण्डको बैठक बस्दै गर्दा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरेको जनाएको छ । 

जंगलको बीचमा रहेको एक घरमा बैठक बसिरहेका नेताहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । नेपाल-भारत सीमामा पर्ने मुग्रेठामा प्रहरीले ५ घण्टा लामो पैदल यात्रा गरेर बैठक स्थल नियन्त्रणमा लिन सफल भएको जनाएको छ । 

नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाजु हुन् ।


चन्दसँगै पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !