२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेताहरु को-को हुन् ? (नामावलीसहित)

३० आश्विन २०७६, बिहीबार ०८:३५

असोज ३०, दाङ | दाङमा बिहिबार बिहान चन्द नेतृत्वको नेकपाको गोप्य बैठकस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सो नियन्त्रणका क्रममा नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थलबाट २१ नेताहरुलाई पक्राउ गरेको हो ।

दाङको राजपुर गाउँपालिका-४ मुग्रेठा खोलास्थित जंगलको बीचमा विप्लब नेतृत्वको नेकपाको मध्यपश्चिम कमाण्डको बैठक बस्दै गर्दा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरेको थियो । 

नेपाल प्रहरीले अपरेशनका क्रममा पक्राउ परेका २१ जनाकै नाम सार्वजनिक गरेको छ ।  अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुको नामावली: 

१. लुम्बिनी व्युरो इन्चार्ज – चन्द्र बहादुर चन्द (वीरगञ्ज) 

२. राप्ती ब्युरो इञ्चार्ज – केशवबहादुर बाँठा मगर (सुवास)

३. राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक – रामबहादुर थापा (सुन्दर)

४. कार्यालय सचिव – सविन पोख्रेल

५. जिल्ला इञ्चार्ज – यमलाल कटुवाल (विक्रम)

६. जिल्ला सेक्रेटरी – प्रदीप वली

७. युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष – बबिन केसी (पाटन, जंगली)

८. बुद्धिजीवि – सुनिल पौडेल 

९. क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य – एकराज चौधरी

१०. क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी – धनबहादुर बोहोरा (महान)

११. पूर्वजनमुक्ति सेना – तिलक पुन

१२. दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष – सुरज विक

१३. सदस्य – हितप्रसाद रोका

१४. रोल्पा सदस्य – पोष्टमान घर्ती

१५. दलबहादुर घर्ती

१६. अमित घर्ती मगर

१७. बालकृष्ण शर्मा

१८. जीत क्षेत्री

१९. रमेश आचार्य

२०. कुलबहादुर वली 

२१. विष्णु थापा

पक्राउ परेका नेताहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । प्रहरीले समूहको राप्ती ब्युरो बैठकमा घेराबन्दीमा पारे मध्यरातको समयमा उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले बैठकस्थलबाट महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायतका सामानहरु समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य