२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेताहरु को-को हुन् ? (नामावलीसहित)

२०७६, ३० आश्विन बिहीबार ०८:३५

असोज ३०, दाङ | दाङमा बिहिबार बिहान चन्द नेतृत्वको नेकपाको गोप्य बैठकस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सो नियन्त्रणका क्रममा नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थलबाट २१ नेताहरुलाई पक्राउ गरेको हो ।

दाङको राजपुर गाउँपालिका-४ मुग्रेठा खोलास्थित जंगलको बीचमा विप्लब नेतृत्वको नेकपाको मध्यपश्चिम कमाण्डको बैठक बस्दै गर्दा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरेको थियो । 

नेपाल प्रहरीले अपरेशनका क्रममा पक्राउ परेका २१ जनाकै नाम सार्वजनिक गरेको छ ।  अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुको नामावली: 

१. लुम्बिनी व्युरो इन्चार्ज – चन्द्र बहादुर चन्द (वीरगञ्ज) 

२. राप्ती ब्युरो इञ्चार्ज – केशवबहादुर बाँठा मगर (सुवास)

३. राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक – रामबहादुर थापा (सुन्दर)

४. कार्यालय सचिव – सविन पोख्रेल

५. जिल्ला इञ्चार्ज – यमलाल कटुवाल (विक्रम)

६. जिल्ला सेक्रेटरी – प्रदीप वली

७. युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष – बबिन केसी (पाटन, जंगली)

८. बुद्धिजीवि – सुनिल पौडेल 

९. क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य – एकराज चौधरी

१०. क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी – धनबहादुर बोहोरा (महान)

११. पूर्वजनमुक्ति सेना – तिलक पुन

१२. दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष – सुरज विक

१३. सदस्य – हितप्रसाद रोका

१४. रोल्पा सदस्य – पोष्टमान घर्ती

१५. दलबहादुर घर्ती

१६. अमित घर्ती मगर

१७. बालकृष्ण शर्मा

१८. जीत क्षेत्री

१९. रमेश आचार्य

२०. कुलबहादुर वली 

२१. विष्णु थापा

पक्राउ परेका नेताहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । प्रहरीले समूहको राप्ती ब्युरो बैठकमा घेराबन्दीमा पारे मध्यरातको समयमा उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले बैठकस्थलबाट महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायतका सामानहरु समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !