१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँछः नेता रावल

४ कार्तिक २०७६, सोमबार ०२:४०

कात्तिक ४, कैलाली | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले गोदावरी नगरपालिका–६ स्थित आफ्नो निवासमा आइतबार आयोजना गरेको दशैँ–तिहार तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै नेता रावलले सबै जातजातिले एकताबद्ध भएर लागेमा देश विकासले गति लिने बताउनुहुँदै थारू, पहाडी, दलित, जनजातिलगायत सबै जातिले हातेमालो गरी देश विकासमा लाग्न आग्रह गर्नुभयो ।

नेता रावलले दशैँ, तिहार तथा छठपर्वको शुभकामना दिनुहुँदै सबै जातजातिमा भाइचाराको सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउने र जातीय सद्भाव कायम रहने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले विकासका कामसँगै विभिन्न जातजातिले मनाउने चाडपर्वमा एकता हुन जरुरी रहेको औँल्याउनुभयो । 

प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले सबै जाताजातिले एकताबद्ध भएर लाग्नुपर्छ भन्ने सन्देश दिन प्रदेशका शीर्षनेता बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा सुदूरपश्चिम सहइन्चार्ज खगराज भट्ट, भानुभक्त जोशी, प्रदेश अध्यक्ष कर्ण थापालगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी