२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार निर्माणमा जुटिरहेको छः कावा प्रधानमन्त्री पोखरेल

८ कार्तिक २०७६, शुक्रबार १२:५१

कात्तिक ८, बिराटनगर | कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चुनावदेखि चुनावसम्मको मापन नगरी देश निर्माणमा जुटिरहेको भन्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)  मोरङ जिल्ला कार्य समितिद्वारा आज यहाँ आयोजित शुभाकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्ष आधार वर्ष भएको र अब सरकार देश र जनताका सेवामा लागिपर्ने बताउनुभयो ।

आधार वर्षमै ३८० कानून निर्माण भइसकेको जानकारी दिँदै उहाँले यसपछि दिइने सेवाका लागि कानूनको संरचना निर्माण भइरहेको धारणा व्यक्त गर्नुभयो  । “सरकारले  भूमि, कृषि र शिक्षा नीति बनाई सामाजिक सुरक्षा र औद्योगिक क्षेत्रमा काम गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बाटोतर्फ अग्रसर छ,” कावा प्रधानमन्त्री पोखरेलले भन्नुभयो,  “सरकारले जलविद्युत्, व्यापार वृद्धि, कृषिलाई व्यवस्थित गरी आधुनिकीकरणतर्फ कदम चालिसकेको छ ।”

माथिको तश्विर: कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङद्वारा शुक्रबार आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी हुन विराटनगर आउँदा विमानस्थलमा । तस्बिरः मनोज दाहाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय  सदस्यसमेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुईवटा धार भएका कम्युनिष्ट पार्टीको एकताले पार्टीलाई नयाँ उचाइमा पुर्याएको छ भन्दै पार्टीको  स्वार्थ विशेषले नभई देश र जनताको आवश्यकताका आधारमा एकता भएको हो भन्नुभयो । उहाँले महान् एवं ऐतिहासिक यो एकताले नेपाली जनताको भविष्य उज्ज्वल पार्नेमा पनि जोड दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पद्धतिमा चल्न सक्यो भने कसैले पनि पराजित गर्न नसक्ने बताउनुभयो । विचार, सङ्गठन, भावना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा पार्टी एकीकरण भएको चर्चा गर्दै उहाँले  पार्टी एकीकरणले देश र देश बाहिर पनि उत्साह बढाएको छ भन्नुभयो । 

माथिको तश्वीरमा: कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङद्वारा आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी हुन विराटनगर आउँदा विमानस्थलमा सञ्चारकर्मीसँग मुलुकको समसामयिक विषयमा कुरा गर्दै । साथमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित । तस्वीरः मनोज दाहाल

चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण दिँदै अध्यक्ष दाहालले आन्तरिक एकता र अनुशासनले नै देश विकसित भएको चर्चा गर्नुभयो । उहाँले  नेताहरुलाई फुटाउन चलखेल नभएका होइनन् भन्दै एकतालाई सुदृढ र रक्षा गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आँखाको नानी जस्तै एकतालाई बचाउनुपर्ने र समाजवादका आधारमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । 

उहाँले जीत र हारको अवस्था के हुन्छ भन्ने विगतका दिनलाई सम्झन आग्रह गर्दै पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र विकसित हुँदै गएको छ भन्नुभयो । चीनमा पार्टी विरोधी क्रियाकलाप गर्नेलाई पार्टीबाट निष्काशन गर्ने गरेको इतिहास कोट्याउँदै अध्यक्ष दाहालले  विचार मिलेर भएको एकीकरणले पार्टी शान्ति, प्रतिस्पर्धा र समाजवादको बाटोमा हिँड्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले  प्रदेश सरकारले जनताको सुख र खुशीका लागि घरदैलोसम्म पुर्याउन दत्तचित भएर काम गरिरहेको छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं १ इन्चार्ज भीम आचार्यले सङ्घीयता विकासको आधार भएकाले कम्युनिष्ट एक भएर अघि बढ्नुपर्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य