2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उम्मेदवार छान्दै सङ्खुवासभाका राजनीतिक दल

कात्तिक ८, खाँदबारी | आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सङ्खुवासभाका राजनीतिक दल उम्मेदवार छान्न होमिएका छन् । रिक्त रहेको मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि उम्मेदवार छान्न दलहरु व्यस्त छन् ।

स्थानीय तहमा उपनिर्वाचन हुने भएपछि राजनीतिक दल चुनावी मैदानमा होमिएका हुन् । आसन्न उपनिर्वाचनका लागि राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । मकालुका अध्यक्षको गाडी दुर्घटनामा निधन भएको थियो भने खाँदबारी–३ का वडाध्यक्षको हृदयघातबाट मृत्यु भएको थियो ।

मकालुका अध्यक्ष खड्गबहादुर कटुवाल २०७४ माघ २९ गते र खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको २०७४ फागुन १३ गते मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष र वडाध्यक्षको पद रिक्त भएपछि अहिले कार्यवाहकका भरमा चलेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काङ्ग्रेस उम्मेदवार टुङ्ग्याउने तरखरमा छन् । 

काङ्ग्रेस उम्मेदवारका लागि छलफलमै जुटिरहेको छ । नेकपाले वडाध्यक्षका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपाको सर्वसम्मत निर्णयले भरत घिमिरेलाई उठाउने निर्णय गरेको वडा समितिका अध्यक्ष भानु पराजुलीले बताउनुभयो । काङ्ग्रेसले भने तिहारलगत्तै उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको छ । चाडबाडलगत्तै सर्वसम्मत उम्मेदवार चयन गरेर नाम सार्वजनिक गर्ने काङ्ग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताउनुभयो । यसअघिको निर्वाचनमा दुवै पदमा नेकपा सम्बद्धले जितेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई