साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरुलाई गफाडीको संज्ञा दिनुभएको छ ।


पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरुलाई गफाडीको संज्ञा दिनुभएको छ ।


पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका पूर्व साँसद ऋषिकेश तिवारीले बराचौर पुगेर भने ‘कम्युनिष्टहरुको भर नपर्नु‘

२०७६, ९ कार्तिक शनिबार १३:००

साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरुलाई गफाडीको संज्ञा दिनुभएको छ ।


पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै नेता तिवारीले कम्युनिष्ट भनिएको दुई तिहाई सरकार काम चन्दा गफ गर्न माहिर रहेको बताउनु भयो । कम्युनिष्टले जनतालाई ‘सुखी नेपाली समृद्ध नेपाल’को झुट्टा नारा भजाएर सत्ताको सिढि चढेको दाबी गर्नुभयो । उहाँले सरकारलाई चुनावमा जनतासँग गरेको एउटा मात्र बाचा पुरा गरेर देखाउन चुनौती दिनुभयो ।


कम्युनिष्ट भनेका कुरा बनाउने, कुरा लगाउने, कुराकै जाल बुन्ने र कुराकै व्यापार गर्ने भएको हुँदा कम्युनिष्टहरुको विश्वास नपर्न जनताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिवारीले कम्युनिष्ट चिल्ला कुरा गरेर जनता फकाउन सिपालु भएकाले जनताले भोट उसैलाई हाल्ने गरेको तर नेपाली कांग्रेस आफुले गरेको कामको प्रचार समेत गर्न नसकेकाले पार्टी पराजित हुनुपरेको दुखेसो सुनाउनुभयो ।


मुलुक विकासका लागि अहिलेसम्म बनेका सबै अबधारणा काँग्रेसको अवधारणा भएको पनि उहाँले दाबी गर्नुभयो ।


कार्यक्रममा पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, बिहादी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी प्रविन गुरुङ , नेपाली काँग्रेस पर्वतका सदस्य गोविन्दप्रसाद पाध्या, अर्का जिल्ला सदस्य हर्कबहादुर सुनार, नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विष्णु भुसाल , पैँयू गाउँपालिका संयोजक डम्बर श्रेष्ठ, रानीपानीका वडाअध्यक्ष  रणबहादुर आले, बराचौरका वडा सदस्य रत्नबहादुर कुँवर, शुशिला नेपाली , डोलन्द्र गिरी , नेपाली काँग्रेस रानीपानीका पाटी सभापति ओमप्रसाद पराजुली, नेपाल कम्युनिष्ट पाटि बर्राचौरका अध्यक्ष सोमनाथ पौडेल, राष्ट्रिय जनमोर्चा पर्वत अध्यक्ष गोविन्द पौडेल नेविसंघ पर्वतका नेता अच्चुत तिवारी, नेपाल विद्याथी संघ पर्वत काठमाडौं सम्पर्क समितिका अध्यक्ष रोशन तिवारी, नेपाली काँग्रेस बराचौरका पुर्व पार्टी सभापति हरि पराजुली, नेबिसंघ बिहादी गाउँपालिका सचिव अमृत भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।


नेपाली कांग्रेस बराचौरका सभापति हरिप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेवि संघ बिहादी गाउँपालिकाका सभापति हिमाल गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !