साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरुलाई गफाडीको संज्ञा दिनुभएको छ ।


पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरुलाई गफाडीको संज्ञा दिनुभएको छ ।


पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका पूर्व साँसद ऋषिकेश तिवारीले बराचौर पुगेर भने ‘कम्युनिष्टहरुको भर नपर्नु‘

९ कार्तिक २०७६, शनिबार १३:००

साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरुलाई गफाडीको संज्ञा दिनुभएको छ ।


पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै नेता तिवारीले कम्युनिष्ट भनिएको दुई तिहाई सरकार काम चन्दा गफ गर्न माहिर रहेको बताउनु भयो । कम्युनिष्टले जनतालाई ‘सुखी नेपाली समृद्ध नेपाल’को झुट्टा नारा भजाएर सत्ताको सिढि चढेको दाबी गर्नुभयो । उहाँले सरकारलाई चुनावमा जनतासँग गरेको एउटा मात्र बाचा पुरा गरेर देखाउन चुनौती दिनुभयो ।


कम्युनिष्ट भनेका कुरा बनाउने, कुरा लगाउने, कुराकै जाल बुन्ने र कुराकै व्यापार गर्ने भएको हुँदा कम्युनिष्टहरुको विश्वास नपर्न जनताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिवारीले कम्युनिष्ट चिल्ला कुरा गरेर जनता फकाउन सिपालु भएकाले जनताले भोट उसैलाई हाल्ने गरेको तर नेपाली कांग्रेस आफुले गरेको कामको प्रचार समेत गर्न नसकेकाले पार्टी पराजित हुनुपरेको दुखेसो सुनाउनुभयो ।


मुलुक विकासका लागि अहिलेसम्म बनेका सबै अबधारणा काँग्रेसको अवधारणा भएको पनि उहाँले दाबी गर्नुभयो ।


कार्यक्रममा पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, बिहादी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी प्रविन गुरुङ , नेपाली काँग्रेस पर्वतका सदस्य गोविन्दप्रसाद पाध्या, अर्का जिल्ला सदस्य हर्कबहादुर सुनार, नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विष्णु भुसाल , पैँयू गाउँपालिका संयोजक डम्बर श्रेष्ठ, रानीपानीका वडाअध्यक्ष  रणबहादुर आले, बराचौरका वडा सदस्य रत्नबहादुर कुँवर, शुशिला नेपाली , डोलन्द्र गिरी , नेपाली काँग्रेस रानीपानीका पाटी सभापति ओमप्रसाद पराजुली, नेपाल कम्युनिष्ट पाटि बर्राचौरका अध्यक्ष सोमनाथ पौडेल, राष्ट्रिय जनमोर्चा पर्वत अध्यक्ष गोविन्द पौडेल नेविसंघ पर्वतका नेता अच्चुत तिवारी, नेपाल विद्याथी संघ पर्वत काठमाडौं सम्पर्क समितिका अध्यक्ष रोशन तिवारी, नेपाली काँग्रेस बराचौरका पुर्व पार्टी सभापति हरि पराजुली, नेबिसंघ बिहादी गाउँपालिका सचिव अमृत भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो ।


नेपाली कांग्रेस बराचौरका सभापति हरिप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेवि संघ बिहादी गाउँपालिकाका सभापति हिमाल गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो